काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएको पनि जानकारी दिए । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको भने देशभर ८ हजार २२१ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । होम आइसोलेसनमा ४९७ जना छन् ।
क्वारेन्टिनमा १५ हजार २४३ जना छन् । पछिल्लाे २४ घण्टामा मात्रै १२ हजार २४७ जनाकाे पीसीआर परीक्षण भएको छ । त्यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडाैंका १२६, भक्तपुरका ८ र ललितपुरका ३८ जना रहेका छन् ।