• पुस्तक 'म को हुँ' सार्वजनिक

    लेखक लिलाराज खतिवडाले गृहनगरमा आफ्नो बहुचर्चित उपन्यास 'म को हुँ' सार्वजनिक गरेका छन् । त्रिकाल परिवारको आयोजनामा दुर्गापुरी चोकमा शनिवार सामाजिक दूरी कायम गर्दै पुस्तक सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।

    आत्मवोध र आत्मिक जागरणका अनुसन्धानात्मक झाँकिहरु बोकेको खतिवडाको 'म को हुँ' को यो दोस्रो संस्करण हो । पहिलो संस्करण २०७२ मा बैकल्पिक प्रकाशनले बजारमा ल्याएको थियो भने दोस्रो संस्करणको प्रकाशक क्याफे डे केभ रहेको छ । दोस्रो संस्करण गत वर्ष प्रकाशित भएर बजारमा पुर्याइए तापनि पछिल्लो पटक कोरोना महामारी र लकडाउनका कारण पुस्तक सबैतिर पुग्न सकेको थिएन ।

    कार्यक्रममा राजनीतिकर्मी तथा समाजसेवी प्रकाश थापा, भुपाल थापा, जयधर्म आचार्य, अभियन्ता रुद्र बहादुर तामाङ, स्थानीय शिक्षक जीवनाथ खतिवडा, स्थानीय व्यवसायीहरु हेम गुरुङ, रामजी थापाले कुनै पनि जीवित लेखक तथा सर्जकलाई उर्जा प्रदान गर्नु अति जरुरी भएको कुरा औंल्याउनु भयो । युवा साहित्यकार गजेन दंगाल र त्रिकाल परिवारका अध्यक्ष नारायण बस्नेतले ओझेलमा परेका सर्जकहरुलाई समाजमा उचित पहिचान र हौसला प्रदान गर्नु अनिवार्य भएको कुरामा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा स्थानीय युवा कवि योगेश अग्रवालले मातृभूमिको माटो रुन्छ शिर्षकको कविता पनि सुनाएका थिए । कार्यक्रम त्रिकालका इन्द्र लामाले सञ्चालन गरेका थिए ।

    पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी प्रकाश थापाले लेखकका आगामी पुस्तकहरु प्रकाशन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साथै त्रिकाल परिवारका अध्यक्ष नारायण बस्नेतले लेखक खतिवडाका पाँच वटा नयाँ पुस्तकहरु प्रकाशित गर्ने योजना रहेको पनि खुलाशा गर्नुभयो ।

    साथै शिक्षक जीवनाथ खतिवडाले 'म को हुँ' जस्तो महत्त्वपूर्ण पुस्तक दृष्टिविहिनहरुले पनि पढ्न सक्ने गरी निकाल्नु पर्ने कुरा बताउनुभयो । आँखाको ज्योति गुमाए पनि कम्प्युटर प्रणालीम पोख्त स्थानीय अरनिको माविका शिक्षक खतिवडाले 'म को हुँ' पुस्तकलाई आफूले 'ब्रेल लिपी टाइप सेटिङ' गरेर सहयोग गर्ने बचनबद्धता पनि प्रकट गर्नुभयो ।

    लेखक खतिवडाले नेपालमा नयाँ लेखकलाई डस्टबिनमा फ्याकिँने गलत प्रवृत्तिको निन्दा गर्दै साहित्य क्षेत्रमा जताततै बिचौलिया र माफियाहरुको जगजगी रहेको र अब यस्ता गलत परिपाटीहरु तोडिनु पर्ने कुरामा जोड भयो ।

    प्रदेश एकका लागि पुस्तकको बिक्रीबितरणको जिम्मा त्रिकाल परिवार फाउन्डेसनले लिएको जानकारी पनि लेखक खतिवडाले दिनुभयो ।

    https://www.youtube.com/watch?v=V4KEZr7XkpY

    यो पुस्तक प्राप्त गर्न सम्पर्क गर्नुहोस् :
    प्रदेश एकका लागि - ९८४२१३३२५०;
    काठमाण्डौ र अन्य प्रदेशका लागि-
    ९८४५३४२९३०

    त्रिकाल परिवार फाउन्डेसन

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…