• ०७७ भाद्र १, सोमबार

    उर्लाबारी । छिमेकी नगरपालिका तथा गाउँपालिकाहरुमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि मोरङको उर्लाबारीमा साउन २५ गतेदेखि जारी लकडाउन थप गरिएको छ ।

    file photo

    कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न पाउने छैनन् । खेलकूद स्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन रोक लगाइएको छ ।

    नगरभित्र सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय छ । यातायातका साधन पूर्णरुपमा बन्द रहने, साप्ताहिक हाटबजार, नगरपालिकाको कार्यालय तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रसासनिक सेवाहरु बन्द रहने भएका छन् ।

    लकडाउन अवधीमा पनि औषधी पसल, अस्पताल, क्लिनिक, पेट्रोलपम्प, पानीजन्य उद्योग, पशुस्वास्थ्य केन्द्र भेटेरीनरी सेवा भने सञ्चालन हुने छन् । खाद्यान्य, सागसब्जी, फलफुललगायत अन्य ब्यापार, ब्यवसाय बन्द गरिनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…