काठमाडौं । आइसीसी विश्व क्रिकेट डिभिजन टू अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज ओमानसँग भिड्दैछ।
खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। हिजो भएको पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई उसकै घरेलु मैदानमा १ विकेटले पराजित गर्यो। नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले हिजो रोमाञ्चक जित निकालेको हो। अन्तिम विकेट बाँकी रहेका बेला बसन्त रेग्मीको चौका र छक्काको मद्दतले नेपालले पहिलो खेललाई सुखद बनाउन सकेको हो।
नेपालले आजको खेल पनि जित्दै वल्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनका लागि प्रयास गर्नेछ।
६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन।