• सुनसरी, २६ माघ । बलात्कारीलाई उम्काएको भन्दै निलम्बनका लागि सिफारिस गरिएका सुनसरीका एसपी विद्यानन्द माझी निलम्बित भएका छन् ।

    प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले माझीलाई निलम्बन गरेको हो । एसपी माझीले सामूहिक बलात्कारको मुद्दा दर्ता नगरी पीडित पक्षलाई मिलापत्र गर्न बाध्य पारेको भन्दै उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले केहि दिन आघि गृहलाई पत्र लेखेको थियो ।

    बलात्कारको घटना लुकाउन एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर चिरञ्जीवी दाहालको संलग्नता रहेको छानबिन समितीले प्रतिबेदन दिएपछि प्रहरी प्रधान कार्यालयले उनीहरु दुबैजनालाई निलम्वनका लागि पत्र काटेको थियो ।

    छानबिन समितिको प्रतिवेदनका आधारमा माझी र दाहाललाई निलम्बन गर्न मन्त्रालयलाई सिफारिस गरिएको र उनीहरु दुवैलाई गृह मन्त्रालयले निलम्बन गरेको हो। घटना बारे थप अनुसन्धान भइरहेको छ।

    गत पुस १६ तरहराकी १४ बर्षीया बालिकाको बयान अनुसार इटहरीको रोयल रिसोर्टमा बलात्कार भएको थियो । एक महिना अघि बिराटनगरका मनिष श्रेष्ठ र धरानका जुकल लिम्बुले बलात्कार गरेका थिए ।

    सो आरोपमा लिम्बु पक्राउ परिसकेका छन् श्रेष्ठ भने अझै फरार छन् । उक्त घटना प्रहरी सम्म पुगेको भएपनि पीडित परिवारलाई दबाब दिएर मिलापत्र गराइएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…