• माघ २६, २०७४ काठमाडौं : नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ। एकता कहिले र कसरी गर्ने भन्ने निर्णय अहिले भइनसके पनि दुवै दलले राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता गर्नुपर्ने निश्कर्ष निकालेका छन्।

    दुई पार्टीबीचको उच्चस्तरीय बैठकले यी दुई पार्टीको एकतालाई चाडै अघि बढाउने निर्णय गरेको हो। बैठक पछि क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल पार्टी एकताको पक्रिया अघि बढ्ने जनाएका हुन्। राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरु थप गम्भीर बन्दै गएको भन्दै देशमा क्रान्तिकारी शक्तिको एकता आवश्यक रहेको विज्ञप्तिामा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ- ‘देशमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुका बीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निश्कर्ष सही सावित भएको छ र यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ।

    ’  उनीहरुले दुवै दल तथा अन्य क्रान्तिकारी पार्टीले संयुक्त रुपमा आगामी जनयुद्ध दिवस र शहीद सप्ताहको कार्यक्रम केन्द्र र जिल्लाहरुमा गर्ने भएका छन्। यस्तै, पछिल्लो समय नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै १९५० मा गरिएको असमान सन्धिलाई खारेज गर्नुपर्ने माग यी दुई दलले गरेका छन्।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …