• राजेन्द्र महतो
    लहान भदौ ४ गते। सिरहाको कल्याणपुर नगरपालिकाका ३वटा वडामा प्रदेश सांसद तथा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री सुरेश मण्डल द्वारा वृक्षारोपण कार्यक्रम सम्मपन्न भएको छ।

    प्रदेश नम्बर २ दूईका सिरहा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद तथा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री सुरेश मण्डलले कल्याणपुर नगरपालिका - १ को संचिरैया,वडा न.१० को बङ्गठिया र वडा न- ११ स्थित ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा नेपालमा पाईने विभिन्न प्रजातिका बिरुवा बृक्षारोपण गरिएको हो।

    सो वृक्षारोपण कार्यक्रममा राज्य मन्त्री मण्डलले मानिसहरुले आफुले स्वच्छ वातावरणमा जिवन जिउनको लागि प्रत्येकको घर घरमा बृक्षारोपण गर्नुपर्ने बताएका छन।

    वृक्षारोपण कार्यक्रममा जनता समाजवादी पार्टी कल्याणपुर नगरका अध्यक्ष रामबावु यादब, कल्याणपुर नगरपालिका-१ का वडा अध्यक्ष जयराम कामति, कल्याणपुर नगरपालिका -३ का वडा अध्यक्ष अशोक मण्डल र समाजिक अभियन्ता धिरज मण्डल र मन्नु मण्डल समेत को सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …