उर्लाबारी /मंगलबारे अस्पतालमा उपचार गराउन आएका एक जना वृद्धमा कोरोना पुष्टि भएपछि शनिबारसम्म अस्पतालको इमरजेन्सी कक्ष बन्द गरिएको छ ।
उच्च ज्वरो आएपछि कानेपोखरी-४ घर भएका ८५ वर्षीय वृद्धलाई साउन ३२ गते मंगलबारे अस्पतलामा ल्याइएको थियो । सोही दिन अस्पतालले वृद्धलाई होम आइसोलेसनमा बस्न पठाएको थियो । तर वृद्धको थप उपचारका लागि विराटनगर पठाउँदा उनको पीसीआर परीक्षण गर्दा बुधबार कोरोना पोजिटिभ देखिएको मंगलबारे अस्पतालले जनाएको छ ।
मंगलबारे अस्पतालले एक विज्ञप्ति निकाल्दै बिहीबार ३ बजेदेखि शनिबार बिहान ७ बजेसम्म इमरजेन्सी कक्ष बन्द रहने जनाएको छ । इमरजेन्सी कक्ष बन्द भएपनि बाहिर नै ईमरजेन्सी सेवा र अन्य सेवाहरु सूचारु हुने अस्पतालले बताएको छ ।
ती वृद्धको छोरा उर्लावारीका एक जना नगर प्रहरी भएको पनि खुलेको छ । ती नगर प्रहरी हाल क्वारेन्टाइनमा बसेका छन् ।