• आजको पञ्चाङ्ग
    वि.सं.२०७७ साल भाद्र ०६ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्थी,४५ घडी १६ पला,बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त पंचमी । नक्षत्र–हस्त,४५ घडी १३ पला,बेलुकी ११ बजेर ४३ मिनेट उप्रान्त चित्रा । योग–साध्य,२४ घडी १४ पला,दिउसो ०३ बजेर २० मिनेट उप्रान्त शुभ । करण–वणिज,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त भद्रा,बेलुकी २३ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी १७ पला । चन्द्रदर्शन दोष । गणेश चतुर्थी व्रत ।

    आजको बार बेला ।
    बिहान ५ बजेर ३८ मिनेटसम्म काल बेला ।
    बिहान ५ बजेर ३९ मिनेटदेखी बिहान ७ बजेर १५ मिनेटसम्म शुभ बेला ।
    बिहान ७ बजेर १६ मिनेटदेखी बिहान ८ बजेर ५२ मिनेटसम्म रोग बेला ।
    बिहान ८ बजेर ५३ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
    बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०६ मिनेटसम्म चर बेला ।
    मध्यान्ह १२ बजेर ०७ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
    दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १९ मिनेटसम्म अमृत बेला ।
    दिउसो ३ बजेर २० मिनेटदेखी साझ ४ बजेर ५६ मिनेटसम्म काल बेला ।
    साझ ४ बजेर ५७ मिनेटदेखी बेलुकी ७ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

    राहुकाल
    बिहान ०८ बजेर ५१ मिनेटदेखी बिहान १० बजेर २८ मिनेटसम्म रहने ।

    राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो हुनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात नलाग्ने हुँदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भनेजस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । सन्तान,छोराछोरी तथा आफन्तले तपाईको कामको खासै समर्थन गर्ने छैनन् । माया प्रेममा चिसोपनको बिकास हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र, औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिर वाताबरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यवसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउनु पर्नेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण वातावरणमा समय व्यतित हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्वन्धमा केहि चिसो पनको बिकास हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा आहार बिहारमा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

     

     

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानी बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानी गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर व्यस्त रहदा आफ्नो काम थाति रहनेछ । नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानसिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुसन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाति रहनेछन् । कुनै योजना भए केहिदिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना थाति रहेका कामहरु समयमा नै सकाएर आर्थिक अवस्था मजभुत बनाउन सकिनेछ । आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक बस्तुको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।
    ज्यो.डिपी उपाध्याय ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…