हेम गिरी
भ्यालेनटाइन डे नजिकिंदै छ । यो महिना प्रेममय महिना पनि भनिन्छ । सिपाहीलाई प्रेम गर्न उस्काउादा ज्यान गुमाएका सन्त भ्यालेनटाइनको स्मृतिमा हरेक वर्षको फ्रेबअरी १४ लाई भ्यालेनटाइन डेको रुपमा मनाइन्छ । हामीले सधैं निस्वार्थ प्रेमबारे सुन्दै र पढ्दै आएका छौं । मुना मदन अनि रोमियो जुलियटका कथाहरु हामीले धेरै सुन्यौ अनि पढेको पनि छौ । साँच्चै के प्रेम निस्वार्थ हुन्छ ? के प्रेममा त्याग हुन्छ ? एकचोटी यी प्रश्नका उत्तर आफै भित्र खाजी हेरौ ? धेरैले भन्छन, प्रेम भनेको निस्वार्थ गर्नु पर्छ । के हो त्यो भनेको ? स्वाभाविक छ, हरेक उत्तर फरक हुन्छन् । तर म उत्तरमा होइन प्रश्नमै फरक छु । किनभने, संसारमा निस्वार्थ प्रेम नै हुँदैन अनि त्यस्तो प्रेम भएको अहिलेसम्म मैले न देखेको छु न त सुनेको नै छु । हो, कुनै युवा ह्यान्डसम छ त्यो धनी छ, पढाइमा ट्यालेन्ट छ, तिनको सबै कुरा राम्रो लाग्छ, विदेशमा बसेको छ अनि उता, त्यो युवती राम्री छे, ट्यालेन्ट छे, धनी छे भन्ने कुरा बुझिसके पछि तिनीहरु बीच प्रेम हुन्छ । के त्यो प्रेमलाई निस्वार्थ भन्नु त ? सबैले यसैगरी प्रेम गर्छन् भन्ने पनि होइन । तर, के त्यो युवा वा युवती मेरो जिन्दगीमा आयो या आइ भने म सन्तुष्ट हुन्छु । त्यो युवा या युवतीलाई प्राप्त गरे भने मेरो जीवन सुखी हुन्छ भनेर सोच्नु पनि स्वार्थ होइन र ?
हरेक कुराको फाइदा अर्थात् बेफाइदा सोच्नु नै स्वार्थ हो । उमेर बढ्दै जाँदा महिला र पुरुष बीच प्रेम हुन्छ । आफ्नो खुसी अनि आनन्दको लागि गरिएको प्रेमलाई निस्वार्थ प्रेम भन्न मिल्छ ? मिल्दैन भने अहिले कसैले निस्वार्थ प्रेम नै गरेको छैनन् ! प्रेमका नियम हुन्छन कि हुन्न त्यो राम्रो तरिकाले थाहा भएन तर, मेरो परिभाषामा त्यस्तो प्रेमलाई निस्वार्थ प्रेम मान्दैन । अहिलेसम्म कुनै माइकालालले निस्वार्थ प्रेम गरेको छ ? केहि स्वार्थकै लागि युवा या युवतीले कसै न कसैलाई प्रेम गर्छन । कतिले चाहेर पनि प्रेम प्रकट गर्न सक्दैनन् त कतिले सहज रुपमै प्रेम प्रकट गर्छन् । जसले चाहेर पनि आफुले चाहेकालाई प्रेम प्रकट गर्न सक्दैनन् भने कसैले सक्छन या प्रेम प्रकट गर्छन । एकपल्ट गरेको प्रेम बाचुञ्जेल रहन्छ भन्ने हुँदैन । सानो तिनो गल्तीले त्यो बीचैमा टुक्रिन सक्छ । प्रेम गरेपछि विवाह अनिवार्य छ भन्ने पनि हुँदैन । प्रेम गर्ने शैली व्यक्तिपिच्छे हुन्छ । जब तिम्रो प्रेम प्रस्ताव स्वीकार हुँदैन, आफ्नो प्रेम सोचे जस्तो राम्रो हुँदैन तब हामीमा हामीले माया गरेको व्यक्तिप्रति घृणा पलाएर आउँछ । रिस उठ्छ, पीडा हुन्छ अनि छटपटी हुन्छ । प्रेमलाई पाप भन्न थाल्छौ अनि प्रेमप्रति नै घृणा उत्पन्न हुन्छ । यदि त्यस्तो केहि भएन भने मात्र हामी असल अनि निस्वार्थी प्रेमी हौ !’ अन्त्यमा सम्पूर्ण व्यक्तिहरुलाई सफल प्रेमको शुभकामना ।