• आजको पञ्चाङ्ग
    वि.सं.२०७७ साल भाद्र ०७ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पंचमी,३९ घडी ०६ पला,बेलुकी ०९ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–चित्रा,४१ घडी ०१ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त स्वाती । योग– शुभ,१६ घडी ३३ पला,मध्यान्ह १२ बजेर १६ मिनेट उप्रान्त शुक्ल । करण–बव,बिहान १० बजेर ३१ मिनेट उप्रान्त बालल,बेलुकी ०९ बजेर १७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कन्या,बिहान १० बजेर ५३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी १४ पला । ऋषिपञ्चमी व्रत -सप्तऋषि पूजा। बिरुडापञ्चमी। कोखजाविय। धर्मविनायक राष्ट्रिय रथयात्रा ।

    आजको बार बेला ।
    बिहान ५ बजेर ३९ मिनेटसम्म उद्वेग बेला ।
    बिहान ५ बजेर ४० मिनेटदेखी बिहान ७ बजेर १५ मिनेटसम्म चर बेला ।
    बिहान ७ बजेर १६ मिनेटदेखी बिहान ८ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
    बिहान ८ बजेर ५३ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म लाभ बेला ।
    बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०५ मिनेटसम्म काल बेला ।
    मध्यान्ह १२ बजेर ०६ मिनेटदेखी दिउसो १ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
    दिउसो १ बजेर ४३ मिनेटदेखी दिउसो ३ बजेर १९ मिनेटसम्म रोग बेला ।
    दिउसो ३ बजेर २० मिनेटदेखी साझ ४ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
    साझ ४ बजेर ५६ मिनेटदेखी बेलुकी ७ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

    राहुकाल
    बिहान ०७ बजेर १३ मिनेटदेखी बिहान ०८ बजेर ५१ मिनेटसम्म रहने ।

    आजको राशिफल
    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरिको यात्राको तय हुने तथा व्यापारबाट सामान्य नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । बिहानको समय मध्ययम रहेकोले विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनु नै राम्रो हुनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न रहनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्नेछन् । निर्णय लिएर शंका गर्ने बानिले समस्या निम्त्याउनेछ । अनावस्यक तथा दुर्गम स्थानको कष्टकर यात्रा हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचेजस्तै सफलता हात पार्न सकिनेछ । काम तथा अध्ययनमा दिन व्यास्त रहने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रणय सम्बन्ध सुदृड हुनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आउदा आउदै पनि काममा समय दिनुपर्ने हुनसक्छ । श्रम गरेपनि न्यून प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । आफन्त तथा अग्रजसँग मनमुटाब बढ्नेछ । तरपनि दैनिक उपभोग्य तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभ तथा मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा नाफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट लाभ लिन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापारबाट केही मात्रामा लाभ लिन सकिनेछ । आर्थिक विषयबस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) गलत चिन्तन तथा सोचाईले कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केहि खटपट आउनेछ । व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले समय र कामको तालमेल नमिल्दा न्यून उपलब्धिमा हासिल हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापारमा मन्दि आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सुखदुःखमा साथ दिने प्रशस्त भेटिनेछन् । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । मनमा धार्मिक प्रवृति जागृत हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्टान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाफा हुने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

    तपाईँको दिन शुभ रहोस् ।

    ज्यो.डिपी उपाध्याय ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…