•  

    २०७७ भाद्र ७, आईतवार

    उर्लाबारी । मोरङको उर्लाबारीमा पनि कोरोनाको जोखिममा पर्ने खतरामा रहेको छ । उर्लाबारी–७ का एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने प्रहरीमा विराटनगरमा कार्यरत उर्लाबारी–२ बसोबास रहेकामा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

    प्रहरीमा कार्यरत युवा कोरोना पोजेटिभ देखिएपछि घर आएर साथीभाई तथा प्रेमिकासँगसमेत भेटघाट गरेको पाइएको छ । उनीसँग सम्पर्कमा रहेका प्रेमिकासहित १२ जना अहिले उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको स्वाव केही दिनमा परिक्षण गरिने उर्लाबारी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले जानकारी दिनुभयो । त्यस्तै, अर्का उर्लाबारीका युवा सुनवर्षी नगरपालिकाको डायनियामा रहेको सिभिल बैकमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । उनीसमेत उर्लाबारीबाटै बंैक धाउने गरेका थिए । उनीसँग सम्पर्क रहेकाहरुको पहिचान गरिँदैछ ।

    त्यस्तै, उर्लाबारी नगरपालिकाका कार्यरत नगरप्रहरीका बुवामा समेत कोरोना भाइरस देखियो । कानेपोखरीमा बसोबास गर्ने बुवालाई उपचारको क्रममा मंगलबारे अस्पतालसमेत ल्याइएको थियो । ती नगर प्रहरी हाल होम क्वारेन्टाइनमा बसेका छन् ।

    त्यस्तै, भारत तथा बैदेशिक रोजगारीका लागि विभिन्न देशबाट फर्किएकामध्ये १० जनामा कोरोना पोजेटिभ भेटिएको र हाल सबै निको भएर घर फर्किसकेको सह–संयोजक खड्काले बताउनुभयो । साथै छिमेकी नगरपालिका तथा गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिसकेका कारण उर्लाबारीमा पनि खतराको घण्टी बज्न थालेको छ । समयमा सबै सचेत रहौं । सावधानीको उपाय अपनाऔं ।पूर्वी कमाण्ड अनलाइन

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…