• सोमबार ८ भदौ, २०७७

    युएई ।संघका अध्यक्ष प्रकाश कोइरालाको नेतृत्वमा आइतबार बसेको भर्चुअल बैठकले श्रेष्ठलाई संघ बाट साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको हो ।

    एनआरएन युएईका निबर्तमान अध्यक्ष श्रेष्ठ सहित एनआरएनए विरूद्ध लाग़्ने सबैलाई आजिबन निष्कासन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

    बैठकले पुर्व अध्यक्ष श्रेष्ठ सहित एनआरएनकै नरेश सेन, एमडी बोहोरा, ओमकार पोखरेल, मनु क्षेत्री लगायत अध्यक्ष कोइरालालाई कारबाही गर्न सहमति गर्ने र राजिनामा दिने सहितका पदाधिकारीहरु र सदस्यहरुलाई कारबाही गर्ने निर्णय गरेको एनआरएनए युएईका एक एनसिसी पदाधिकारीले जानकारी दिएका छन् ।

    यस्तै बैठकले आईसिसी सदस्य नबिन पौडेल सहितलाई कारबाहीको लागि निर्णयलाई अनुमोदन र कार्यान्वयनको लागी आईसीसी मा पठाउने भएको छ।

    केहि दिन अघि युएईमा दलाल बाट निर्घात कुटपिटमा परेका दुई नेपाली लाई न्याय दिलाउन पहल गर्दै आएका एनआरएन युएईका अध्यक्ष प्रकाश कोइरालालाई नेपाल एसोसिएसनले सनिवार एक बिज्ञप्ति निकाल्दै कारबाही गरेको जानकारी दिएको थियोे ।

    कोइरालाले घटनामा तानिएका एनआरएन युएईका केहि पदाधिकारी हरुलाइ घटनाको छानबिन नहुदा सम्म निलम्बन गरेको र दुबई क्षेत्रीय अध्यक्ष सहितका केहि पदाधिकारीलाई निलम्बन गरेपछि अन्य ५ सदस्यले समेत राजीनामा दिएको र उक्त राजीनामालाई स्वीकृत गरेकै कारण नेपाल एसोसिएसनले उनलाई कारबाही गरेको स्रोतको भनाइ छ ।

     

     

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…