• पथरी माघ २६ गते । पथरीशनिश्चरे–१ मा स्थापित भद्रमारी बचत तथा ऋण सहकारी संस्था लि.ले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार (आज) पथरीशनिश्चरेको जिरीखिम्ती भएको सो साधारणसभामा आर्थिक वर्ष २०७३÷०७४ को प्रगति विवरण र २०७४÷०७५ को वार्षिक कार्ययोजना अध्यक्ष वीरबहादुर घिमिरे (बिष्णु)ले प्रस्तुत गरेका थिए । प्रमुख अतिथि जिल्ला वचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष हरिप्रसाद सुवेदीले सहकारीहरुले चुस्त दुरुस्त हिसाव राखी जरिवाना हुनबाट जोगिनुपर्ने बताए । उनले भने–‘केही सहकारीहरुले सहकारी सम्वन्धी नीति नियम नजान्दा उठिबास हुनुपरेको छ । त्यसैले सहकारी ऐनलाई लागू गरी सहकारी सचेत भई सञ्चालन गर्नु आजको आवश्यकता हो । सो साधारणसभामा उत्कृष्ट वचत गर्ने शेयर सदस्य कुमारी मगर, उत्कृष्ट ऋण कारोबार गर्ने पुरुष प्रदिप फुयल, उत्कृष्ट ऋण कारोबार गर्ने महिला जमुना भट्टराई, उत्कृष्ट कारोबार गर्ने महिला बचतकर्ता रेनु कार्कीलाई सम्मान पनि गरिएको थियो । यस्तैगरी संस्थाका कोषाध्यक्ष सरोज राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा विशिष्ट अतिथि यज्ञप्रसाद गुरागाई, एकराज निरौला, लायन्स क्लब अफ पथरीका अध्यक्ष तुलसी ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…