• राजेन्द्र महतो
    लहान भदौ ८ गते। सिरहाको लहान न. पा . -२४ गोबिन्दपुर मलहनमा -२का २२ वर्षीय कोरोना संक्रमित पुरुष को उपचारका क्रममा मृत्यु भएको छ ।

    कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो।

    श्वास फेर्न समस्या, अत्यधिक खोकी र ज्वरो आउनुको साथै उनी लागुऔषध प्रयोगकर्ता पनि रहेको
    प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन।

    गत भदौ २ गते मेडिकल वार्डमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या आएपछि आइसियुमा राखेर उपचार गरिँदै गरेको अवस्थामा उनको रिपोर्ट आइतबार कोरोना पोजेटिभ आएको थियो । उनमा कोरोना पोजेटिभ देखिएपछि राति नै कोभिड १९ अस्पतालको आइसियुमा रेफर गरिएको थियो । आइसियुमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन।

    यो संगै सिरहामा कोरोना बाट मृत्यु हुने को संख्या ४ पुगेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…