• विश्भरि फैलिएको कोराना कहरका बाबजुद पनि आरम्भ नाट्य डबली रतुवामाई यतिवेला समाजमा सक्रिय हुदै गएको छ ।

    केही समय अगाडि मात्र गरिबका झुपडीमा राहतका पोका हिडिरहेका आरम्भका सदस्यहरु यतिबेला जनचेतना जगाउने अभियानमा लागेका छन । यस महामारीमा पनि धेरैजसोले माक्सको प्रयोग नगरेको, चिया पसल, व्युटी पार्लर, सैलुन, खाध्यन्न पसल, सब्जी पसल लगाएतका पसलहरु बढी जोखिममा भएपनि सुरक्षा विधिका बारेमा ध्यान नदिएको र नअपनाएको पाईएपछि आरम्भ नाट्य डबली रतुवामाई सचेतना अभियान सुरु गरेको संस्थाका अध्यक्ष समिर सुवेदीले जानकारी गराउनुभयो ।



    वडा कार्यलय, प्रहरी चौकी भौडाहा र प्रहरी चौकी दाम्राभिट्टा, ट्राफिक प्रहरी दाम्राभिट्टा संग समन्वय गरी प्रहरी र जनप्रतिनिधसहितको उपस्थितिमा उक्त जनचेतनामुलक कार्यक्रम संचालन गरिएको थियो । आरम्भले बढी जोखिम भएका पसलहरुमा गएर सुरक्षा विधि अपनाउन अनुरोध गर्ने । माक्स नलगाई हिड्ने यात्री तथा पैदलयात्रीहरुलाई माक्स लगाउने तरिका र माक्सको महत्वका बारेमा जानकारी गराउने, बेला बेला सेनेटाईजर र साबुनपानीले हात धुन अनुरोध गर्ने, अत्यावश्यक कामविना आवतजावत गर्ने यात्रीहरुलाई घरमै बस्न अनुरोध गर्ने किसिमका जनचेतनामुलक कार्यक्रमहरु अगाडि सारेको संस्थाका सल्लाहाकार रामु घिमिरेले जानकारी गराउनुभयो ।



    अभियानलाई सफल बनाउन १० नं. वडाध्यक्ष टंक ढकालले १० नं. वडासंग जोडिएको रतुवामाई उर्लाबारी नाकामा यात्रु आवतजावतमा कडाई गर्दै अत्यावश्यक कामविना नहिड्न सवारीमा सवार यात्री तथा पैदलयात्रीलाई सुझाव दिनुभएको थियो । ०८ नं. वडाध्यक्ष नन्दकुमार चापागाईले आरम्भले गरेका कामको प्रंससा गर्दै अभियानलाई सफल बनाउन सक्रिय रुपमा लागि परि जोखिम भएका पसलहरुमा कडाईका साथ सुझाव दिदै सुरक्षाविधि अपनाउन आग्रह गर्नुभएको थियो । आरम्भले माक्स नलगाई हिड्ने यात्री तथा पैदलयात्रीलाई सर्जिकल माक्स समेत निशुल्क वितरण गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…