• आजको पञ्चाङ्ग
    वि.सं.२०७७ साल भाद्र ०९ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–सप्तमी,२७ घडी ०७ पला,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–विशाखा,३३ घडी ०० पला,बेलुकी ०६ बजेर ५२ मिनेट उप्रान्त अनुराधा । योग–ब्रम्ह,०१ घडी १६ पला,बिहान ०६ बजेर १० मिनेट उप्रान्त ऐन्द्र । करण–वणिज,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–तुला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०६ पला । गौरा सप्तमी। अभुक्ताभरण सप्तमी । महालक्ष्मी व्रत प्रारम्भ। भक्तपुरस्थित मंगलकुण्डमा मेला।

    आजको बार बेला ।
    बिहान ५ बजेर ४० मिनेटसम्म रोग बेला ।
    बिहान ५ बजेर ४१ मिनेटदेखी बिहान ७ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।
    बिहान ७ बजेर १७ मिनेटदेखी बिहान ८ बजेर ५२ मिनेटसम्म चर बेला ।
    बिहान ८ बजेर ५३ मिनेटदेखी बिहान १० बजेर २८ मिनेटसम्म लाभ बेला ।
    बिहान १० बजेर २९ मिनेटदेखी मध्यान्ह १२ बजेर ०५ मिनेटसम्म अमृत बेला ।
    मध्यान्ह १२ बजेर ०६ मिनेटदेखी दिउसो १ बजेर ४१ मिनेटसम्म काल बेला ।
    दिउसो १ बजेर ४२ मिनेटदेखी दिउसो ३ बजेर १७ मिनेटसम्म शुभ बेला ।
    दिउसो ३ बजेर १८ मिनेटदेखी साझ ४ बजेर ५४ मिनेटसम्म रोग बेला ।
    साझ ४ बजेर ५५ मिनेटदेखी बेलुकी ७ बजेर ५४ मिनेटसम्म काल बेला ।
    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

    राहुकाल
    दिउसो ०३ बजेर १७ मिनेटदेखी साझ ०४ बजेर ५३ मिनेटसम्म रहने ।

    राशिफल
    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि साझपख समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानी हुनाले जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ । साझको समय मध्ययम रहेकोले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । साझेदारी व्यावसायमा एकाअर्का बीच मनमुटाब बढ्ने योग रहेकोछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइ तिब्र गतिमा अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरि नाम कमाउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । लापरवाही गर्दा गहना वा रुपैयाँपैसा चोरी हुने खतरा छ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग गर्दै निरन्तरता दिन सकिनेछ । सन्तानको माध्यामबाट काम बन्ने योग रहेकोछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) महत्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय रहेको छ । सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुनेछ । मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथ सहयोग प्राप्त हुनेछ । साझपख समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय रहेकोछ । सामाजिक सर्कलमा राम्रा काम गरि साख बढाउन सकिनेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ भने आर्थिक दृष्टिले समय फलदायि रहेकोछ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउदै काम गर्नु होला । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । प्रेम जीवन र दाम्पत्य सम्बन्ध झन् प्रगाढ बन्दै जानेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च बढेपनि उपलब्धिमुलक कामहरु हनेछन् । आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भावी जीवन र क्यारियरका निमित्त गम्भीर भएर सोच्ने तथा केही अग्रगामी समुन्नतिका निमित्त सुन्दर योजनाको निर्माण गरिने सकारात्मक संकेत समेत देखिन्छ । प्रविधिको प्रयोग मार्फत घरमै बसेर काम गर्दा लाभ मिल्नेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्दै निरन्तरता दिन सकिनेछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ भने लगानीका स्रोत पहिचान गरि आम्दानि बढाउन सकिनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । घरमै बसेर धार्मिक पुस्तक अध्ययन गर्ने अवसर जुर्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । मध्यान्हबाट समय राम्रो रहेकोले ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

    ज्यो.डिपी उपाध्याय

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…