-
राजेन्द्र महतो
लहान भदौ ९ गते।सिरहाको कल्याणपुर नगरपालिकाका उपमेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएका छन् ।
मेयर अख्तियारको निलम्बनमा परेपछि कार्यवाहक प्रमुखको रुपमा काम गर्दै आएकी कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित उपमेयर यादव अहिले होम आइसोलेसनमा बसेकि छिन भने निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने तयारी भरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताएका छ्न।
सिरहामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ ।