• २०७७ भदौ ११ बिहीबार 

    काँकडभिट्टा । गोरु काटेको बिषयबाट सुरु विवादले यहाँ एकजना युवकको ज्यान गएको छ । झापा गाउँपालिकामा बुधबार साँझ सशस्त्र प्रहरीले गोली चलाउँदा घाइते भएका स्थानीय रसिकुल आलमको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गर्दैगर्दा मृत्यु भएको हो । उनलाई पेटमा गोली लागेको थियो ।

    ती युवा समेत उनका साथीहरुले गोरु काटेको भनेर स्थानीय बासिन्दाबीच विवाद भएपछि झापा गाउँपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए । विवादमा उत्रिएका दुइ समूहसँग छलफल गरेर समाधान हुनसक्ने बिषयमा प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गर्दा ती युवकको ज्यान गएको बताईएको छ ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गोली चलाउन नपर्ने अवस्थामा पनि अनावश्यक बल प्रयोग गर्नाले एक युवकको ज्यान गएको भनेर विरोध गरेका छन् ।

    गोरु काटेको अभियोगमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान खोजिएपछि स्थानीयबासी आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहको भनाई छ ।

    कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका–३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् ।

    दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    गोरु काट्ने व्यक्तिहरुलाई हिरासतमा लिन खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापा बताउँछन् । उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको पनि बताए ।

    गिरफ्तारी पछि समर्थक र आफन्तले कामाटोली बजारमा टायर बालेर विरोध गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…