• कोरोना भाइरसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । यस डर र त्रासको समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् । शनिवार बानेश्वरको एक होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू बसेको थाहा पाएपछि कोरोना फैलिने भन्दै त्यहाँका स्थानीयहरुले विरोध गरे ।

    अहिले सामाजिक सञ्जालमा उक्त घटना अमानवीय र असभ्य भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यस प्रकारको दुर्व्यवहारको निन्दा गर्दै अभिनेत्री वर्षा सिवाकोटीले संक्रमितको स्याहारमा खटिएका डाक्टर तथा नर्सलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय रहेको बताएकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै यो कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई सम्मान गर्न आग्रह गरेकी छन् । मानवताको नाताले भए पनि अहिले एक​अर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ ।

    वर्षा सिवाकोटीले लेखेको पुरा फेसबुक स्टाटस:

    “ सानो अनुरोध​ “ 🙏🏻
    संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ​। यो महामारी नेपालमा पनि १-२ को संख्याबाट​आज सयौँ र हजारौँको संख्यामा दिनानुदिन बढिरहेको छ​। क्वारेन्टिन​, आईसोलेसन​, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै ग​एका छन्। यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ​। यस्तो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ​। केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ संक्रमितको स्याहारमा लाग्नुहुने डाक्टर​, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ​। त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने Front Line Workers लाई सम्मान गर्ने गरौँ। आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ।
    धन्यवाद 🙏🏻

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…