•  

    तिलोचन गौतम/मलेसिया
    रातोकलम सम्बादाता।

    फेब्रुअरी-९

    सुलेमान इकु नेपाली हास्य कलाकारिता क्षेत्रमा निक्कै चर्चा पाएको नाम हो । भिन्न तरिकाले नेपाली हास्य क्षेत्रमा परिचय बनाएका सुलेमान इकु कहिले बन मान्छे बनेर र त कैले मुखभरि मोसो दलेर रुख भिर पाखा कुदिरहेका देखिन्थे। यस्तै अभिनय बाट असंख्य दर्सक स्रोता को मन मस्तिष्क मा छाइसकेका सुलेमान कलाकार भएर कुनै ठुलो घर गाडी ऐस आरामको अपेक्षा कहिले पनि राखेनन ।

    समाज परिवर्तन को सपना लिएर कलाकारिता क्षेत्रमा आएका उनि टेलिभिजन को पर्दा मा दर्सक लाई प्रस्तुति बाट हसाउन मात्रै लागि परेनन् कलाकार मात्रै रहेनन अब उनि २०७२ बैशाख १२ गते सनिवार गएको शक्तिसाली भुकम्प बाट घर बार पुरै तहसनहस भइ बाबू आमाको स्नेह बाट बन्चित भइ टुहुरा बनेका १२ जना बच्चा लाइ पालन पोसण निरन्तर गर्दै आइरहेका छन ।

    अनाथ बालबालिका लाई सुलेमान इकु ले काठमाडौ मुल्पानी स्थित एक फ्लाइट भाडामा लिएर राखेका छन । बालस्नेह आश्रम नाम दिएर ती बच्चा हरुको उज्वल भबिस्य को रेखांकन गरिरहेका छन् । कलाकारिता बाट कमाएको सम्पुर्ण रकम तिनै बालबालिका को भरण पोषण र रेख देख एबम पढाई लेखाइ मा खर्चंदै आएका छ्न। ती अबोध बालबालिका को भबिस्य सुनिस्चित गर्न थुप्रै चुनौती छन्।आर्थिक भार छ उन्लाइ तर पनि बिसाल हृदय भएका उनी बाट थुप्रै कलाकार लाई एउटा प्रेरणादायि पाठ मिल्नेछ ।

    केही समय अगाडि मलेसिया को एक स्टेज कार्यक्रम को लागि आएका उनी ती बालबालिका को भबिस्य को चिन्ता व्यक्त गर्दै सहयोग को लागि अपिल गरेक थिए । सोही अपिल लाई वैदेशिक रोजगारी को सिलसिलामा मलेसियाको मुहार राज्य मा कार्यरत DXN नामक नेटवर्क ब्याबसायमा सम्लग्न मुहार को तर्फबाट प्रतिनिधि स्नेह अनाथ आश्रममै गएर अनाथ बालबालिका लाई नगद रु २२,३८५ र खानेकुरा फलफूल सहयोग सहयोग गरेका छन ।

    DXN का सहयोगी दाता ले पछिल्लो समय नेपाली बजारमा चर्चा पाउदै गरेको सुलेमान इकु को फिर्के चलचित्र पनि मलेसियामा च्यारिटी सो गरिदिने बताए। लामो समय यता चलचित्र फिर्के को सेरोफेरोमा रहेर निक्कै ब्यस्त सुलेमान इकु आफ्नो चलचित्र ले सफलता पाए यस्तै सहयोग हरु सङकलन हुँदै गए भने छिटै भाडा मा राखेका ती बालबालिका हरुलाइ राख्न एउटा आश्रम घर बनाउने योजना मा आफु रहेको कुराकानी का क्रम मा जानकारी दिए।

    कलाकारिता क्षेत्रमा जन्मिएका यस्ता कलाकार र तिन्ले गरेका सहयोगहरु को आबस्यक रहेको बताउदै सहयोग को थप याचना समेत गरेका छन । सहयोग गर्न चाहाने सहयोगी दाता हरुलाई स्नेह आश्रमको सिद्धार्थ डेभलपमेन्ट बैंक मा रहेको 0100010014408000001 खाता नम्बर मा सहयोग रकम जम्मा गर्न सकिने छ।

    वा सिधै 9841515080 मा सुलेमान इकु लाइ सम्पर्क गरेर सहयोग गर्न सकिने पनि इकु ले जान्करी गराएका छन। नेपाली कलाकारिता क्षेत्रमा लागेका कलाकार ले थुप्रै यस्तै श्रहणिय काम गर्दै गरेको र यस बाट आम कलाकार ले एउटा पाठ सिक्नुर्ने आवस्यक देखिएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…