• लहान भदौ११ गते। प्रहरी हिरासतमा रहेका एक युवकको ज्यान गएको छ ।

    कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय रामको ज्यान गएको हो ।प्रहरी हिरासतमा दिएको चरम यातनाका कारण युवकको ज्यान गएको स्थानीयको आरोप छ ।

    गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् ।
    जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले किड्नीमा समस्या रहेकोले रामलाई थप उपचारको लागि वीरगञ्ज पठाएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताएका छन् ।

    प्रहरी प्रशासन कै कारणले हत्या भएकोले डि.एस.पि.ज्ञानकुमार महताेलाई निलम्बन गर्न सरकार समक्ष माग गरेकाे र दलित युवालाई सहिद घाेषणा समेत गर्न माग दलित जागरण केन्द्र नेपालका सचिव संजय महराले गरेकाे छ । महराका अनुसार मधेसी दलितलाई दिनदिनै राज्य द्वारानै यसरी यातना दिएर हत्या हुनु निन्दनीय र खेदजनक छ । तमाम दलितहरू न्याय का लागि संघर्षमा उत्रन अाग्रह समेत गरेकाे छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…