• राजेन्द्र महतो
    लहान भदौ १२ गते।जिल्ला प्रशासन कार्यालय
    सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको विशेष सक्रियताले सरकारी जग्गा भुमाफियाबाट फिर्ता भएको छ।
    सिरहाको साविक चन्द्रउदयपुर गा.वि.स. वडा नं. ८ क हाल गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दक्षिण किनारमा रहेको साविकमा बन बुटेन रहेको किता नं. १२२ को सरकारी नाप नक्सा तथा दर्ता भएको बन क्षेत्रको जग्गा २–९–३ मध्ये उत्तर तर्फबाट ०–१–८ क्षेत्रफल महेन्द्र राजमार्गमा परि बाँकी जग्गा कित्ताकाट भई किता नं. ४२० को २–७–१५ कायम रहेको सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता भएको छ।

    पूर्वपश्चिम राजमार्गमै रहेको करोडौं मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा पास भएको समाचार विभिन्न समाचार माध्यममा प्रकाशित भएपछि बिहीबार फिर्ता गराइएको जिल्ला प्रशासन कार्यालय सिरहाले पत्रकार सम्मेलनमा बताइएको छ।
    गोलबजार न. पा. -९ अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ७ कठ्ठा १५ धुर क्षेत्रफल भएको उक्त जग्गा २०७४।६।२० का दिन बिना कुमारी चौधरी र अनिता देबी साहको नाममा संयुक्त पास थियो ।

    सम्बन्धित निकायकै मिलेमतो सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाममा पास भएको चर्चा स्थानीयहरुमा चलेपछि गोलबजार नगरपालिकाले २०७५।३।७ गतेमा रष्ट्ररी बदरको निम्ति जिल्ला अदालत सिरहामा मुद्दा चल्दा अदालतले २०७७।४।२६ सो जग्गा पास भएकाहरुकै नाममा सदर गरिदिएको थियो ।

    उक्त जग्गा निज साह र चौधरीकै नाममा चलनचल्ती कायम गरिदिएको अवस्थामा प्रजिअ कणेलको विशेष सक्रियताले सरकारी वन जग्गालाई फिर्ता गराइ वन क्षेत्रलाई पुन कायम गरिएको छ।

    २ विघा ७ कठ्ठा १५ धुर जग्गा तत्कालीन सुकुम्वासी समस्या समाधान आयोगले २०५८ साल असार ९ गतेमा निर्णय गरि एउटै व्यक्ति फौज बहादुर भट्ट क्षेत्रीको नाउँमा दर्ता गराई दिई सो व्यक्तिले १५ लाख रुपैयाँ थैली राखी गत विं सं. २०७४।०६।२० का दिन मालपोत कार्यालय सिरहाको रजिष्ट्रेसन नं. २६६० बाट साह र चौधरीको नाममा दर्ता गरिएको थियो ।

    सिरहा जिल्ला अदालतको मुद्दा दर्ता नं. ३२–०७४–०२६६१–०७४–CP–१९५८ दायरी मिति २०७५।०३।०७ मिति २०७७।०४।२६ को निर्णय नं. १७ को अधिनमा रहि डिभिजन बन कार्यालय सिरहाको २०७७।०५।११ को निर्णयले सो कित्ता नं. ४२० को क्षेत्रफल २–७–१५ जग्गा सरकारी बनक्षेत्रको कायम हुने भई सरकारी जगा संरक्षण गर्न सफलता मिलेको जिल्ला प्रशासन कार्यालय सिरहाद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी कडेल
    निष्पक्ष,निडर तथा स्वतन्त्र रूपमा छोटो समय मा बढी काम गरेर सिरहा बासी हरुको मन जितन सफल भएका छन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…