• शुक्रबार १२ भदौ, २०७७

    काठमाडौ । गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिक आलमको प्रहरीको गोलि लागि मृत्युु भएको बिषयमा किरात राई बिद्यार्थी संघ केन्द्रीय समितिले आपति जनाएको छ ।

    बिहिवार संघको केन्द्रीय अध्यक्ष जितेन राईले बिज्ञप्ति प्रकाशन गरि गोरु काटेकै निहुँमा मानिसलाई गोली हानि मारिनुले प्रहरीनै साप्रदायिक हिंसा भड्काउन उद्दत देखिएको आरोप लगाएको छ ।

    देशको मूल कानुन संविधानमा नै धर्म निरपेक्षता
    को साथै बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समाज उल्लेख भएकोले सबैले आफ्नो धर्म संस्कार मान्न पाउने अधिकार सबैलाई रहेको बिज्ञप्तिमा उल्लेख छ ।

    मुस्लिम, किरात, मगर, गुरुङ, तामाङ, शेर्पा लगायतका समुदायले गोरु काटेर भोजन गर्नु उस्को सांस्कृतिक अधिकार भएको दावी गर्दै राज्यले कुन्ठित गर्न नहुने संघले जनाएको छ ।

    कसैको धार्मिक, सांस्कृतिक अधिकारलाई बाधा हुने नेपालको कानुन संशोधन गरेर स्वतन्त्रता कायम नभए देशमा गम्भीर समस्या आउन सक्ने बताइएको छ ।

    नेपाली समाजको बिकास र साम्प्रदायिक सद्भाव कायम गर्न सबै पक्ष लाग्नु पर्ने र निहत्था मुस्लिम युवालाई गोलि प्रहार गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने किरात राई बिद्यार्थी संघले माग गरेको छ ।

    देशमा समाबेशी, समानुपातिक, धार्मिक, सांस्कृतिक स्वतन्त्रताको बिषय उठिरहेको बेला राज्य पक्ष जिम्मेवार नभए साम्प्रदायिक दंगा भड्किन सक्ने भएकोले यस्ता बिषयामा बेलैमा सचेत हुनुपर्ने बिज्ञप्तिमा भनिएको छ ।

    धार्मिक स्वतन्त्रता घोषित नेपालमा आइन्दा गोरु काटेको मुद्दामा कसैलाई पक्राउ नगर्न र उजुरी गरेर समुदायमा फाटो कसैले ल्याउन नहुने उल्लेख छ ।

    आलमको गैर न्यायिक हत्याको भएकोप्रति संगठनको ध्यानाकर्षण भन्दै घटनालाई ढाक छोप गर्नतिर नलागि निष्पक्ष छानबिन गरी दोषी उपर हदै सम्मको कानुनी कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति ब्यब्स्था गर्न माग गरेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …