• नवलपरासी —

    विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएको ५ दिनपछि स्थानीयले बेहुला खोजी गरिदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोट वडा नम्बर १४ निवासी बेहुला बालकृष्ण खरेल माघ २१ गते राति १ बजेबाट बेपत्ता भएका हुन् ।

    घर नजिकैकी युवतीसँग विवाह गर्ने टुंगो लगाएर सबै तैयारी गरेका बालकृष्ण आइतबार राति १ बजे घरबाट एकाएक बेपत्ता भएपछि उनी अहिलेसम्म बेखबर छन्। दुलाह र दुलहीपक्षका घरमा विवाहको सबै तयारी पुरा भइसकेको थियो।

     

    'विवाहको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं। १२ बजेपछि हामी सुत्न गयौं बिहान हेर्दा भाई कोठामा थिएन। कतै निस्केका होलान्, आइहाल्छन् भनेर सबै तयारी गर्‍यौं, जन्तीहरु आउने क्रम सुरु भयो तर भाइ आएनन्,' बेहुलाका दाजु गणेश खरेलले भने। त्यसपछि सबै आत्तिएर खोज्न थालेको अहिलेसम्म पनि बेखबर रहेका उनले बताए।


    ९ वर्ष अघिदेखि स्पेनमा बस्दै आएका २९ वर्षीय बालकृष्ण गत मंसिरमा घर आएका थिए। उनकै राजीखुशी अनुसार विवाहको टुंगो लगाइएको थियो। एकाएक बेहुला बेपत्ता भएपछि दुवै तर्फका परिवारजनहरु खोजिमा सक्रिय छन्।



    बेहुला हराएदेखि नै उनको टेलिफोन बन्द भएपनि फेसबुक चलेको देखिन्छ। परिवारजनले बेहुला बेपत्ता भएर विवाहको दिन नआएपछि उनीहरुले खोजी गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्।



    उनको फेसबुक चलिरहेका देखिन्छ। प्रहरीले माघ २१ गते राति ११ : ३७ देखि ११ : ५७ सम्म लगातार बेहुलीको मोबाइलमा फोन गरेको देखिएको बताएको छ। त्यसबाहेक उनको नम्बर अफ गरिएको छ


    फेसबुक सक्रिय देखिएपछि परिवारले विभिन्न प्रश्न सोध्दा उत्तर आउँदैन्थ्यो। एकैपटक बिहीबार राति माघ २५ गते ११ बजेर ३९ मिनेट जाँदा उनको फेसबुकमा भोलि बालकृष्णको अन्तिम दिन हो  भन्ने स्टाटस अपडेट भएपछि परिवारजनहरु थप आतंकित र त्रसित छन्।

    त्यसको अघिल्लो दिन ११ : ३९ बजे उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा बोलेर 'बालकृष्ण नही है' भन्ने आवाज आएको र त्यसपछि फोन राखेको परिवारजनको


    भनाई छ।

    उनको फेसबुक सक्रिय रहेको र म्यासेन्जरमा कुरा गर्दा उठाउनेले हिन्दीमा बोलेको र स्टाटसपनि त्यस्तो राखिएपछि उनलाई अपहरण गरेको आशंका परिवारले गरेको छ। उनीसँगै स्पेनमा रहेका साथीहरुले त्यहाँ उनको कोही कसैसँग कुनै दुस्मनी वा झै-झगडा भएको जानकारी नै नरहेको बताउँछन्।



    जिल्ला प्रहरी कार्यालयका नवलपरासीले उनको खोजी भइरहेको र टेलिफोन कल डिटेल्सका लागि काम भइरहेको जानकारी दियो। उसले प्रहरी प्रधान कार्यालय, प्रदेश मुख्यालय र सबै जिल्लामा खबर गरिसकेको जानकारी दिएको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…