• मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृहलाई हङकङबाट रु एकलाख चारहजार सहयोग प्राप्त भएको छ ।

    हङकङमा रहनुभएकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग संकलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई बिहीबार जीवन बचाउ उपचार सेवा गृह, उर्लाबारीका अध्यक्ष सागर राईले हस्तान्तरण गर्नुभएको थियो ।

    सुब्बासहित हङकङमा रहेका ३० जनाको समूहले गृहद्वारा सञ्चालित अक्षयकोषमा सो रकम सहयोग गर्नुभएको छ । गृहमा आश्रित बालबालिकाको जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले सो रकम सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने सहयोगी सुब्बाले बताउनुभयो ।

    गृृहकी अध्यक्ष बरालले हङकङबाट बालबालिकाको जीविकोपार्जनका लागि गरिएको सहयोग उदाहरणीय भएको उल्लेख गनुृभयो । उहाँले सहयोगी दाताहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा साथ र सहयोगका लागि अपिल गर्नुभएको छ ।

    नमूना बालगृहमा विभिन्न जिल्लाका ४३ जना बालबालिका आश्रित रहेका छन् । सो गृहका बारेमा केही दिनअघि राससबाट समाचार प्रकाशित भएपछि दाताहरुले रकम तथा खाद्यान्न सहयोग गर्दै आउनुभएको छ ।

    मेगा बैंकद्वारा बालगृहलाई रु एक लाख

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …