• शनिबार १३ भदौ, २०७७

    राजेन्द्र महतो
    लहान भदौ १३ गते। सिरहाको लहान न. पा .-१८ भदैयाका ८४ वर्षीय वर्षीय कोरोना संक्रमित वृद्ध पुरुष को उपचारका क्रममा मृत्यु भएको छ ।
    कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का प्रवक्ता डा. निदेश सापकोटाले बताएका छ्न।

    उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा भदौ ६ गते भर्ना भएका थिए । त्यस पछि उनलाई प्रतिष्ठानकै मेडिसिन वार्डमा भर्ना गरिएको थियो ।

    उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको कारण कोरोना आशङ्का गरी कोरोना परीक्षण गर्दा उनमा भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलाको दिर्घरोगी रहेको बताइएको छ ।
    मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको छ। अहिले शव व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।
    यो संगै सिरहामा कोरोना बाट मृत्यु हुने को संख्या ७ पुगेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…