• शनिबार १३ भदौ, २०७७

    युबराज रेग्मी / रतोकलम
    झापा जिल्लाको शिवसताक्षी नगरपालिकाको एक चौकको नाम कुलमान घिसिङ चौक नामाकरण गरिएको भेटिएको छ ।
    करीब २ वर्ष अगाडि नै उक्त चौकको नाम कुलमान घिसिङ चौक राखिएता पनि त्यसले खासै महत्व राखेको थिएन । हाल आएर कुलमान घिसिङको कार्यकालको समयावधि सकिदैं जाँदा सामाजिक सञ्जालमा उक्त चौकको नामको चर्चा हुन शुरु गरेको छ । कुलमान घिसिङलाई नै सोही पदमा निरन्तर कार्य गर्ने मौका दिनुपर्छ भन्ने विभिन्न सामाजिक सञ्जाल लगायतमा टिकाटिप्पणी भइरहेको अवस्थामा पुन उक्त चौकको नामले चर्चा पाएको हो ।

    शिवसताक्षी १० टेक्राको उक्त गाँउमा बिजुली बत्ती पुगेता पनि त्यसबाट त्यहाँका बासिन्दाहरुलाई बारम्बार समस्या सिर्जना भएपछि स्थानीय अगुवाहरुको सक्रियतामा उक्त क्षेत्रमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले ट्रान्सफर्मर राखिदिने व्यवस्था गरिदिएपछि उनको सम्मानमा उक्त चौकको नाम कुलमान घिसिङ चौक राखिएको हो ।

    घिसिङ समक्ष उक्त टोलको समस्या पुगेपछि उनले सरकारको उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत करीब २२ लाख रुपैयाँको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गर्ने प्रतिवद्धता जाहेर गरेको ६ महिना नपुग्दै बिजुली पुगेको र स्थानीयहरुले घिसिङकै कारण बस्तीले मुहार फेरेको भन्दै स:सम्मान उक्त चौकको नाम कुलमान घिसिङ चौक राखिएको स्थानीयले बताए ।

    स्थानियका अनुसार घिसिङले उनीहरुको समस्यालाई नसुदिएको भए त्यहाँका कृषकहरुले आकाशे खेतीको भरमा बाँच्नुपर्ने अवस्था आउथ्यो । लहलह धानका वाली देखाउँदैं स्थानिय युबाहरु भन्छ्न : कुलमानले आफ्नो पद भन्दा आम कृषकहरुको मन जित्न सफल भए ।

    भनेकै समयमा विद्युतीय मटरबाट भनेजति सिंचाई गर्न पाएका छौं, यो भन्दा खुशीको खबर हामीलाई के होला । माथिल्लो निकायमा कृषकहरुको पनि मन राखिदिने व्यक्ति हुँदारहेछन् । पहिले झुक्किएर लाइन आँउथ्यो हाल त्यस्तो अवस्था छैन । उनको कार्यकाल थपिए कृषकहरुले कृषिमा अझ राहत पाउनेथियौ ।

    शिवसताक्षी नपा १० र कनकाई नगरपालिका ४ को बीचमा अवस्थित उक्त गाँउमा करीब २ सय घरधुरी रहेका छन् ।
    शिवसताक्षी नगरपालिकाको टापुको रुपमा रहेको उक्त टेक्रा गाँऊ कनकाईले हेपेको र शिवसताक्षीले नदेखेको गाँऊ हो । उक्त गाँऊ शिवसताक्षी १० को कनकाई नदी पारिपट्टी अवस्थित छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…