• काठमाडौँ, भदौ १३ गते । नेपालमा ८८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३७ हजार ३४० पुगेको जनाइएको छ ।

    नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

    पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५ पुगेको छ ।

    विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…