• आजको पञ्चाङ्ग
    वि.सं.२०७७ साल भाद्र १४ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्वादशी,०८ घडी ०१ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तरषाढा,२४ घडी ०८ पला,दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त श्रवण । योग–सौभाग्य,२६ घडी ४५ पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त शोभन । करण– बालव,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २४ मिनेट । दिनमान ३१ घडी ४७ पला । प्रदोष व्रत। इन्द्रध्वजोत्थान। मतछोयके। त्रिपुष्कर योग ८ बजेर ५४ मिनेटसम्म।

    आजको बार बेला ।
    बिहान ५ बजेर ४२ मिनेटसम्म उद्वेग बेला ।
    बिहान ५ बजेर ४३ मिनेटदेखी बिहान ७ बजेर १७ मिनेटसम्म चर बेला ।
    बिहान ७ बजेर १८ मिनेटदेखी बिहान ८ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
    बिहान ८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २८ मिनेटसम्म अमृत बेला ।
    बिहान १० बजेर २९ मिनेटदेखी मध्यान्ह १२ बजेर ०३ मिनेटसम्म काल बेला ।
    मध्यान्ह १२ बजेर ०४ मिनेटदेखी दिउसो १ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
    दिउसो १ बजेर ४० मिनेटदेखी दिउसो ३ बजेर १४ मिनेटसम्म रोग बेला ।
    दिउसो ३ बजेर १५ मिनेटदेखी साझ ४ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
    साझ ४ बजेर ५० मिनेटदेखी बेलुकी ७ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

    राहुकाल
    बेलुकी ०४ बजेर ४९ मिनेटदेखी साझ ०६ बजेर २४ मिनेटसम्म रहने ।

    राशिफल
    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनाले दिन रमाइलो गरी बित्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने हुनाले कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । राजनीति तथा सामाजसेवामा जनताको काम गरि पद प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवारका साथ रमाईलो वातावरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थितिको सिर्जना हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगति हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउनेछ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिनेछ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । कर्मचारीले प्रशंसा पाउनेछन् । घरायसी काममा रुचि बढ्ने छ । कर्मसिद्धिको समय रहेकोछ । सन्तान पक्षबाट सहयोग हुनेछ भने बंश बृद्धिको योग रहेकोछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निअर्थक यात्रा हुने योग छ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समस्या र उल्झन सुल्झाउने महत्वपूर्ण समय आज हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय उत्तम रहेकोछ । खानपिन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमम नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेकोछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । राजनीति तथा समाजसेवामा समय व्यातित हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्ययम रहेको असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुनेछैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायसी कुरामा राय बाजिनेछ । राज्यबाट नजिक भई काम गर्नेहरुले ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक सुख मिल्ने तथा मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

    तपाईँको दिन शुभ रहोस् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…