• २०७७ भाद्र १४, आईतवार

    उर्लाबारी । इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले १०० जिबीपीएस नेटवर्क ब्याकवोन बनाउने भएको छ ।

    आइतबार संचारकर्मीहरुसँग कुराकानी गर्दै आइजोनका प्रबन्धक निर्देशक नविन श्रेष्ठले थप व्यवस्थित बनाउँदै छिटो र छरितो नेट सुविधा दिन लागिएको बताउनुभएको हो । थोरै बजेटमा स्तरिय नेट सेवा दिन विगत लामो समयदेखि लागि परेको उल्लेख गर्दै उहाँले सबैको पँहुजमा इन्टरनेट सेवा पु¥याउन लागि परेको उल्लेख गर्नुभयो । उर्लाबारीमा मुख्य कार्यालय रहेको आइजोनले उक्त डाटा सेन्टरमा फेशबुक, युट्यूब, गुगलजस्ता क्यास सर्भर राख्न लागेको कम्पनीले जनाएको छ ।

    उक्त डाटा सेन्टरबाट नेट सेवा प्रदान गर्न १०० जिबीपीएस प्रतिसेकेन्डको अपग्रेड गर्न लागेको छ । ग्राहकको माग अनुसार गुणस्तरिय सेवा प्रदान गर्न सुनसरीको इटहरीमा रहेको डाटा सेन्टरमा पेयरिङ गरिएको छ । जसले गर्दा इन्टरनेट सहुलियत हुन जान्छ । उक्त डाटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी तथा दक्ष नेटवर्क इन्जिनियर २४ सैं घण्टा परिचालन गरिएको जनाइएको छ । विद्युतको सहज आपूर्तिका लागि स्वचालित ब्याकअप सिस्टम समेत रहेको कम्पनीको भनाई छ ।
    इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट बितरण गर्दै आएको प्रबन्ध निर्देशक श्रेष्ठले भनाई छ ।

    २०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी, इटहरी, विर्तामोड, मधुमल्ला र दमकमा शाखा कार्यालयहरु रहेका छन् । करिब ८ करोड रूपैयाँको लगानीमा सञ्चालित कम्पनीले १ हजार २ सय किलोमिटर अप्टिकल फाइवरमार्फत उच्च गुणस्तरको इन्टरनेट प्रदान गरिरहेको छ । आइजोन प्रा.लि.ले ६० भन्दा बढीलाई रोजगारीसमेत दिएको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…