उर्लाबारी । मोरङको उर्लाबारीमा लकडाउन खुकुलो बनाइएको छ । आज बसेको बैठकले मध्यान्न १२ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो ।
हालसम्म उर्लाबारी नगरपालिकामा समुदाय स्तरमा कोरोना भाइरस नदेखिएकाले सावधानी अपनाउँदै १२ बजेसम्म बजार खोल्ने निर्णय भएको उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । माक्स तथा सेनिनाइजरको अनिवार्य प्रयोग गरी सुरक्षित रहेर ब्यापार ब्यवसाय गर्न अध्यक्ष खड्गीले आग्रह गर्नुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको सभापतित्वमा बैठक बसेको थियो ।