• दमक । पहिला पहिला नेपाली समाजमा मनोरञ्जनका साधनहरू ज्यादै थोरै थिए । बिस्तारै नेपाली सामाजमा यसको दायरा बृहत हुँदै जाँदै छ । नेपालका कतिपय दुर्गम गाउँहरूमा अझै पनि संचारको राम्रो व्यवस्था भइसकेको छैन । त्यस्ता ठाउँहरूमा रहेका मानिसहरूले इन्टरनेटको प्रयोग गर्न पाउने कुरा त सपना जस्तै हो अझै पनि । नेपालको धेरै गाउँ यस्ता पनि छन् ती ठाउँका मानिसहरूले चलचित्रको अनुहार पनि देखेका छैनन् ।

    https://www.youtube.com/watch?v=_tuhXrMMrLU

    तर बिस्तारै विकासले फड्को मार्दै जाँदा नेपाली जनताले पनि जीवनयापनमा धेरै कुराको सहजता महसुस गर्दै जाँदै छन् । अब बिस्तारै नेपालका सबै भूभागमा संचार माध्यम पुग्दैछ । जहाँ जहाँ मोबोइल पुग्दैछ त्यहाँ त्यहाँ इन्टरनेट पनि पुग्दैछ । इन्टरनेट पुगिसकेपछि मनोरञ्जनको डिजिटल सामग्री पनि पुग्ने नै भयो । पहिला पहिला मनोरञ्जनको लागि गाउँमै आयोजना गरेको कुनै पनि खेलकुद हेर्नु, गाउँमै गाउँमै रोदीघरमा गएर नाचगान हेर्नु, आदि जस्ता सिमित साधनहरू मात्र थिए ।



    अब भने बिस्तारै पुराना शैलीका मनोरञ्जनका साधनहरू विस्थापित हुँदै नयाँ शैलीका साधनहरू आइरहेका छन् । यसको लागि विभिन्न कमेडी सामग्री पनि आइरहेका छन् । नयाँ पुस्ताले कमेडीलाई नयाँ नयाँ शैलीमा प्रस्तुत गर्न थालेका छन् । यसै मध्येमा बबिता घिमिरेले पनि चुट्किलालालई नयाँ शैलीमा प्रस्तुत गरिरहेकी छिन् । दुइजना पात्रले गफ गरेको शैलीमा प्रस्तुत गर्ने घोचिला पेचिला चुट्किलाहरू उनको अभिव्यक्ति र हाउभाउमा निक्कै राम्रो देखिन्छ र सुनिन्छ । हालसम्ममा दिदी बहिनी कमेडीको ८ भाग आइसकेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …