• २०७७ भाद्र १५, सोमबार

    उर्लाबारी । आजदेखि उर्लाबारी नगरपालिकाले लकडाउनलाई खुकुलो बनाइएको छ । आंशिक रुपमा खुकुलो पार्दै भदौँ २१ गते आईतबार मध्यान्न सम्म मात्र बजार खुल्ला गर्ने निर्णय गरेको हो । भदौँ १५ गतेदेखि एक साता सम्म दिउँसो १२ बजे सम्म मात्र बजार, बैक, रेमिट्यान्स, सहकारी सहित खोल्न पाउने निर्णय गरेको छ ।

    कोभिड–१९ सँग सम्वन्धित सुरक्षाका मापदण्ड (माक्स र सेनिटाईजर) अपनाई बजार, बैक, रेमिट्यान्स, सहकारी संस्थाहरु संचालन गर्न पाईने र उक्त बिधी नअपनाएमा तुरुन्त कारबाही गर्ने समेत निर्णय भएको उपमेयर लक्ष्मीदेवी भण्डारीले बताउनुभो ।

    यसैगरी बैठकले उर्लाबारी प्रवेश गर्ने सवारी तथा सामग्रीमा २४ घण्टा निगरानी गरी चालक र सहयोगीको स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिने, कृत्रीम बजार सृजना गरी मुल्यृवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने, होटल तथा रेष्टुेन्टहरुले साँझ ७ बजे सम्म खुल्ला गरी होमडेलीभरीको प्रवन्ध मात्र गर्ने, नगरक्षेत्रमा मात्र जोर बिजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्ने र स्थानिय हाट बजार, सैलुन, पार्लर, फुटसल, लज, पार्क, सभा सम्मेलन आदी पूर्ण रुपमा बन्द गरीने निर्णय भएको समेत उपमेयर भण्डारीले बताउनुभयो ।

    नगरले पछिल्लो समयमा छिमेकी पालिकाहरुकाहरुमा संक्रमितको संख्या बढ्न थालेपछि दोस्रो पटक साउन २५ गते राती १२ देखि लकडाउन गर्दै आएको र समुदाय स्तरमा संक्रमण नभएका कारण नगरबासीकोे आवश्यकता र मागलाई ध्यानमा राखी सुरक्षाका विधी अपनाई आंशिक रुपमा बजार खुल्ला गर्ने निर्णय गरेको बताउँदै नगर प्रमुख खड्ग फागोले अवस्थामा थप सुधार आएमा क्रमिक रुपमा लकडाउनलाई खकुलो पार्ने निती नगरको भएको बताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…