• राजेन्द्र महतो
    लहान भदौ १६ गते। सिरहाको मिर्चैया न. पा .-६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुष को उपचारका क्रममा मृत्यु भएको छ ।
    कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा सोमबार राति ८ः४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का प्रवक्ता डा. निदेश सापकोटाले बताएका छ्न।उनमा भदाै ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनलाई बिराटनगर मेडिकल कलेजबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका थिए ।
    उनमा भदाै ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमित उनीमा १० दिनदेखि ज्वरो, खोकी, श्वास फेर्न गाह्रो हुने लगायका समस्याले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएपछि विराटनगर अस्पतालले बीपी प्रतिष्ठानमा रेफर गरेको थियो ।भदौ १० गते साँझ ७ बजे बीपी प्रतिष्ठानमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार मृत्यु भएको डा. सापकोटालेे बताएका छन।
    उनी मधुमेह र उच्च रक्तचापका बिरामी समेत रहेको बताइएको छ ।

    मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको छ। अहिले शव व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।
    यो संगै सिरहामा कोरोना बाट मृत्यु हुने को संख्या ८ पुगेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…