• दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।

    एलर्जी – जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ ।

    तत्कालै नसुत्नुस् – दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ ।

    राति नखानुस् – राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।

    अमिलो दही नखानुस् – दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ ।

    नतताउनुस् – दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् ।

    दमको रोगीले नखानुस् – तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।

    मासुसँग नखानुस् – मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

    यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ :

    कम इम्युनिटी – रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ ।

    मोटोपन – मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ ।

    मधुमेह – मधुमेहका रोगी महिलाको यो निमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…