• काठमाण्डु, २६ माघ – सरकारले राष्ट्रिय सभामा तीन सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । संविधानको धारा ८६ को २ (ख) अनुसार शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो ।

    सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ। सरकारको सिफारिस गरेका तीन जना मध्ये दुई कांग्रेसमा क्रियाशील रहेका नेता हुन् । जोशी कांग्रेस शुभेच्छुक हुन्। उनी सामाजिक क्षेत्रमा काम आबद्ध छन् । बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् ।

    उनी झापा जिल्ला कार्यसमितिका पूर्व सचिव समेत हुन् । ०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी क्रियाशील राजनीतिबाट सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । साहित्यिक र व्यवसायीक क्षेत्रमा समेत क्रियाशील बस्नेत प्रधानमन्त्री देउवाका विश्वासपात्र समेत हुन् ।

    पौडेल कांग्रेसका मुख्य सचिव हुन् । देउवा पार्टी सभापतिमा निर्वाचन भएपछि उनलाई पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव बनाएका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेल मुख्य सचिव हुनुअघि शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा आबद्ध थिए । उनी स्याङजाको भिरकोट नगरपालिका–१ निवासी हुन् ।

    संसदको ठूलो दल नेकपा एमालेले भने सरकारले गर्ने सिफारिशको विरोध गर्ने बताएको छ ।

    एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिश गर्नु सरकारको निर्लज्जताको पराकाष्ठा हुने र आफूहरु त्यसको विरोध गर्ने चेतावनी दिएका छन् ।

    ‘कामचलाउ भइसकेको सरकारले जनमतप्राप्त सरकारको जसरी काम गर्दै आएको छ, राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिश गर्‍यो भने त्यो निर्लज्जताको पराकाष्ठा हुन्छ,’ ज्ञवालीले भने, ‘हामी त्यसको विरोध गर्छौं ।’


























    अर्को समाचार

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …