• बुधबार १७ भदौ, २०७७

    अर्जुन जम्नेली राई /रातोकलम

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ बाट बुधबार अपरान्ह जुवाको खालबाट करिव तीन लाख नहदसहित १२ जना पक्राउ परेको छ ।

    इलाका प्रहरी कार्यालय पथरीको डीएसपी दिलिपकुमार गिरीको टोलिले जुवा खेलाडी टोलि पक्राउ गरेको हो । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा चारबिगे भन्ने ठाउँमा किशोर लुईटेलको घरबाट तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-१ को ३६ बर्षिय बिमल गुरुङ, वडा नम्बर-३ को ३७ बर्षका कृष्ण लिम्बू, ११ का २८ बर्षिय श्याम लिम्बू, ५२ बर्षको चन्द्र लिम्बू, लेटाङ-५ का ३१ समिर तामाङ रहेका छन ।

    त्यसैगरी झापा बिर्तामोड-३ का ३२ बर्षका लक्ष्मीकुमार तामाङ, ५ को संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका-५ को तारा कुमार जोगी, बुद्दशान्ति-४ को मनिस लिम्बू, सुनसरी धरान उपमहानगर-१६ बस्ने बर्ष ३९ को रुपजंग लिम्बू, ३ को किरण उदास, इटहरी-२० बस्ने बर्ष २४ को राजन पौडेल पक्राउ परेको डीएसपी दिलिप गिरीले बताए ।

    जुवाको खालबाट दुई लाख ८९ हजार ५३१ नगद र चार बुक तास समेत बरामद गरीएको
    प्रहरीले जनाएको छ । पथरी बजारमा यश अघि पनि ब्यपारी, राजनीतिज्ञ यथा ट्याक्सी ड्राइभर यसैगरी तास खेलिरहेको अवस्थामा पक्राउ परेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …