शुक्रबार १९ भदौ, २०७७
अर्जुन जम्नेली राई/रातोकलम
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिको अध्यक्ष मौसम लिम्बू २० दिनपछि बिहिबार रिहा भएका छन ।
अध्यक्ष लिम्बूलाई वडा नम्बर १० ऎयाबारी, ७ किरात चोक र ३ नम्बर वडाको सिरिजंङ्गा चोकमा लिम्बू समुदायको च्याब्रुङ्ग नाच, नर्सिङ्गासहित स्वागत सम्मान गरेका छन ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिको आयोजनाम १० नम्वरमा उपाध्यक्ष ज्ञानेन्द्र राई, सचिब कुबेर घतानी, ध्रुर्ब मगर लगयत सयौ जनाले कार्यक्रमवीच सम्मान गरेका थिए ।
त्यसैगरी समितिको ७ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूको नेतृत्व र ३ मा अध्यक्ष सरोज योङहाङ्गको टोलिले कार्यक्रमवीच स्वागत गरेका थिए । अध्यक्ष लिम्बूलाई अबिर, माला लगायर किरात चौकदेखि च्याब्रुङ र नर्सिङ्गा बजाएर नाच्दै सिरिजंङ्गा चौक पुर्याएर स्वागत गरेका थिए । लिम्बूको सम्मानमा सिरिजंङ्गा चौकमा चियापानको समेत ब्यबस्था भएको थियो ।
धन्यवाद गर्ने क्रममा अध्यक्ष मौसम लिम्बूले भोगको आधारमा जग्गा धनिपुर्जा नपाएसम्म आन्दोलन जारी रहने बताए । सुकुम्बासी आन्दोलन कस्तो हुने बारेमा समितिको समीक्षा बैठकले तयार गर्ने उनले बताए । सुकुम्बासी संस्थालाई राजनीतिक दलहरुले हस्तक्षप गर्न नहुने लिम्बूले बताए । अदालतले तोकेको ३० हजार रुपैया देश बिदेशमा रहेका सुकुम्बासी आन्दोलनलाई समर्थकहरुले पठाइ दिएको लिम्बूले बताए ।
पथरी शनिश्चरे नगरपालिका सुकुम्बासीहरुको बाहुल्यता रहेको नगर हो । पछिल्लो समयमा आम सुकुम्बासीहरुको हकहितमा मौसम लिम्बू लाग्दै आएका छन ।
पथरी बजारमा स्वास्थ्य सम्बन्धि ब्यबसाय गर्दै आएका ईश्वरी सापकोटाको उजुरीको आधारमा लिम्बूलाई साउन साउन ३१ गते प्रहरी नियन्त्रणमा लिएर अभद्र व्यबहार सम्बन्धि मुद्दा चलाएको थियो ।
ईश्वरी सापकोटाको बाबुले खरिद गरेको जग्गा अपुग भएको भन्दै पूरा गरिदिन पथरी शनिश्चरे नगरपालिकामा निबेदन दिएका थिए । नगरमा उजुरी दिएको थाहा पाएपछि सँधियार तीन परियारले सुकुम्बासी संस्थामा निबेदन दिएर जग्गा आफ्नो नाउमा ल्याउन पहल गरिदिन भनेका थिए ।
सापकोटा परिवारले भूमाफिया सैलि र लाइनमा अपनाएको भन्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिको अध्यक्ष मौसम लिम्बूको टोलिले सापकोटा परिवारलाई सोधखोज गरेका थिए ।
सुकुम्बासी संस्थाले जग्गा उपभोग गर्दै आएका ब्यक्तिहरुलाई निसर्त पास गरिदिनु पर्ने भनेका थिए । भूमाफियाबाट भोगको आधारमा स्वतह धनिपुर्जा पाउने पर्ने आम सुकुम्बासीहरुको माग हो ।
ईस्वरी सापकोटा र सुकुम्बासीहरु वीच कुरा नमिलेपछि संस्थाको नाममा कार्यक्रमसहित साउन २९ गते सापकोटाको घर छेउ जग्गामा कालो झण्डा गाडेका थिए ।
सुकुम्बासी संस्थाले ईस्वारी सापकोटाले भूमाफिया शैली अपनाएको ठहर गर्दै कालो झण्डा गाडिएको अध्यक्ष लिम्बूले बताएका थिए ।
यता ईश्वरी सापकोटाले भने सुकुम्बासीको नाममा लिम्बूबाट धाकधम्कि आएकोले ज्यानको सुरक्षा पाउँ भनेर इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा लिम्बू नगरपालिका-१० मा संस्थाको बैठकमा जाने क्रममा प्रहरी पक्राउ गरेका थिए । लिम्बू पक्राउ परेको दुई दिनसम्म इलाका प्रहरी कार्यालय पथरी र नगरपालिका घेराउ गरेका थिए ।
त्यसपछि अध्यक्ष मौसम लिम्बूलाई छुटाउन आन्दोलन गर्न नहुने केही काग्रेस निकट ब्याक्तीहरु लागेपछि सुकुम्बासीहरु प्रदर्शन बन्द गरेका थिए । तर लिम्बू तत्काल छुटेनन र प्रहरीले हिरासतमा राखेर अनुशन्धान गर्न पाउने करिब पुरै दिन थुनिए ।
ईस्वरी सापकोटाले अध्यक्ष लिम्बूलाई निकाल्ने भन्दै आफ्नो जग्गामा गाडिएको कालो झण्डा सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको उपाध्यक्ष ज्ञानेन्द्र राई, सुरेशचन्द्र मण्डल लगायतलाई निकाल्न लगाएका थिए ।
अध्यक्ष थुना मुक्त गराउने गरि झण्डा निकालेपछि भदौ १० गते समितिलाई बिज्ञप्ति निकाल्न लगाएका थिए । बिज्ञप्तिमा झण्डा उखलेर ठीक गरेको, कसैले उकासेको भरमा लागेको जस्ता शब्द प्रयोग गराइएको थियो ।
बिज्ञप्ति आएपछि केही अनलाइनहरुमा सुकुम्बासीले माफी मागे जस्ता समाचार प्रकाशन भएको थियो । रिहापछि अध्यक्ष लिम्बूले सुकुम्बासीहरुले कहिले माफी नमाग्ने र आफू प्रहरीको थुनामा हुँदा को कस्ले कस्तो भूमिका गरे त्यो बारे खोजी हुने बताए ।