पथरी÷न कुनै जात विशेषका कुरा , न कुनै वर्ग र लिङ्ग समूदायका कुरा । पथरीका युवा ब्यावसायी दुर्गाप्रसाद भट्टराई, केवल पथरीशनिश्चरेका आम उद्योगी ब्यापारीलाई कसरी सुरक्षित ढंगले ब्यापार र उद्योग सञ्चालनको वातावरण तयार गर्न सकिन्छ भन्ने सोचमा हुन्छन् ।उनै भट्टराईलाई पथरी उद्योग वाणिज्य संघको महासचिव बनाउन पथरी क्षेत्रका ब्यापारी यतिबेला आतुर छन् ।
भट्टराई पथरीशनिश्चरे– १ मा एक दशक यता कृपाज फेन्सी स्टोर सञ्चालन गर्दै आएका छन् । उनी स्थानीय भुल्के इन्भेष्टमेन्ट कम्पनीका सचिव समेत हुन् । तीन वर्ष अघि पथरी उद्योग वाणिज्य संघको सदस्य पदमा निर्वाचित भट्टराई ब्यापार क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रीय छन् । भट्टराईलाई नोवेल मेडिकल कलेज(अस्पताल) विराटनगरले निशुल्क उपचारका लागि पथरी क्षेत्रको जन सम्पर्क संयोजक तोकेको छ । गरिव तथा विपन्नको उपचारका लागि भट्टराईले लोभलाग्दो भुमिका निर्वाह गर्दै आएको ब्यापारीहरू स्वीकार्छन ।
विगतको तुलनामा पथरीको ब्यापार केही खस्केकोमा उनी चिन्तित छन् । उनी भन्छन्–पथरीलाई मध्य मोरङको ब्यापारिक हब बनाउन सकिन्छ । उनले थपे–एक नगर, एक कृषि पहिचान अन्तरगत पथरीशनिश्चरेलाई चिनाउन मैले पथरीशनिश्चरेमा सबैभन्दा बढी उत्पादन भएर देशैभर बिक्री हुने सीमसागको ‘प्रमोट’गर्ने योजना बनाएको छु । सुन्दा सामान्य लाग्ने विषय भएपनि सीमसागले पथरीशनिश्चरेको परिचय दिएको कुरामा दुई मत छैन । प्रत्येक दुई दुई वर्ष पथरीशनिश्चरे कृषि तथा ब्यापार मेला आयोजना गरी स्थानीय उत्पादन र ब्यापारी बीच सम्बन्ध बिस्तार गर्ने भट्टराईको सपना छ । उनी थप्छन–उद्योग वाणिज्य संघ भन्दा विषयगत ब्यापारका संघहरू समृद्ध र शशक्त बनेका छन् । यो दुखको विषय हो, त्यसैले सबै विषयगत उद्योगी ब्यापारीलाई यो छाता संगठनमा समाहित गराउन आकर्षक कार्यक्रम ल्याउने भट्टराईले बताएका छन् ।
महासचिव जितेपछि पहिलो काम के गर्ने भन्ने जिज्ञाषामा भट्टराई भन्छन–‘नेपाल उद्योग वाणिज्य महासंघ’(एफएनसीसी)मा संस्थालाई सम्बद्ध गराउने काम गर्नेछु । साना ब्यापारी,मोची,उखुको जुस पेल्ने,तरकारी फलफुल बेच्ने,बदाम मकै बेच्ने, ठेलामा घुम्ती पसल गर्ने ब्यापारीलाई पालो गरी–गरी संघमा बोलाएर आवद्धता गराउने छु ।सक्नेलाई सिधै र नसक्नेलाई संस्थागत सदस्यता लिने नीति बनाउने छु र उनीहरूलाई छाता संस्थामा आवद्ध गराउने छु । उनले नयाँ नयाँ स्रोतको खोजि र नगरपालिकासँग समन्वय गरेर जनशक्ति अभाव भएर संकटमा परेका उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिमको ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरे । भट्टराई संघको भवन बनाउने विषय ठूलो नभए पनि ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता परेको बताउँछन् । उनले थपे म कर्मकाण्डी कुरा गर्दिन,तीन वर्ष हामीले धेरै काम गरेका छौं । अब साथीहरूले हाम्रो टिमलाई जिताउनु हुनेछ । अर्को पटक हामी भवन बनाउने एजेण्डा लिएर भोट माग्न जान्नौं ।