• मोरङ । सरकारको निर्देशन बिपरित पीसीआर स्वाब संकलनकै रकम अशुली गर्ने मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित पथरी नगर अस्पतालका स्वास्थकर्मी मुरारी आचार्यले वडा अध्यक्षलाई प्रयोग गरि अनियमित कार्यको ढाकछोप गर्ने प्रयास गरेका छन ।

    कोरोना भाइरस लागे नलागेको परीक्षण गर्न निशुल्क पीसीआर स्वाब संकलन गर्नु पर्नेमा ६ जनाबाट ४ जहार ४ सयको दरले अस्पतालको गेटपाल(चौकिदार) मार्फत २६ हजार ४ सय रुपैया लिएका थिए ।

    सरकारले भाइरसको लक्षण देखिएका नागरिहरुलाई निशुल्क पीसीआर परीक्षण गर्दै आएको छ । लक्षण नदेखिएका ब्याक्तीहरुले निश्चित प्रयोगशाला तोकेर परीक्षण गर्न चाहेमा बढिमा दुई हजार लिएर परिक्षण गर्न पाउने ब्यबस्था गरेको छ ।

    त्यसका लागि १ नम्बर प्रदेशको बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालाले मात्र रकम लिएर पीसीआर परीक्षण गर्न पाउँछन् । स्वाब संकलनको लागि जुनसुकै देशको नागरिकका भएपनि रकम लिन पाइन्दैन ।

    संघीय सरकारले भदौ २८ गते सो बारे निर्देशन गरेपनि पथरी अस्पतालका कार्मचारी आचार्यले सरकारले निर्देशन गरेको चार दिनपछि चौकिदार मार्फत छ जनाबाट २६ हजार चार सय रुपैया लिएका थिए ।

    सो बिषयबारे सोमबार रातोकलम अनलाइन लगायतका सन्चार माध्यमहरुमा समाचार आएपछि सोही राती करिव १० बजे नगरपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बूलाई बिज्ञप्ति निकाल्न लाएर गल्ति ढाकछोप गर्ने कमजोर प्रयास गरेका छन । अध्यक्ष लिम्बू वडा नम्बर १ का अध्यक्ष र आचार्य २ नम्बर वडामा रहेको नगर अस्पतालको कर्मचारी हुन ।

    नगर मातहतको अस्पताल भएकोले लिखित
    आवश्यकीय निर्देशन दिने हैसियत नगरपालिकाले मात्र राख्दछ ।



    कोरोना भाइरस नियन्त्रण र स्वाब संकलनको रकम लिने, नलिने शन्दर्भमा संघ वा प्रदेश सरकारको अर्को निर्देशन नआएसम्म अस्पताललाई आदेश दिने अधिकार नगरप्रमुख मात्र होइन नगर कार्यपालिकालाई पनि छैन ।

    वडा अध्यक्षहरु कार्यपालिकाको सदस्य भएकाले बैठकमा बिषय उठेमा विचार राख्ने र निर्णय प्रकृयामा सहमती वा असहमति राख्ने अधिआर हुन्छ । कार्यक्षेत्र र हैसियतको वास्ता नगरी रातारात बिज्ञप्ति प्रकाशन गरिएको देखिन्छ ।

    स्वाब संकलनको पैसा असुल गरेको बिषय सार्वजनिक भएपछि मुरारी आचार्यले १ नम्बर वडा कार्यालयको लेटर प्याडमा राति करिव १० बजे बिज्ञप्ति प्रकाशन गर्न लगायर गल्ती ढाकछोपको प्रयास गरेका छन ।

    वडा अध्यक्ष लिम्बूद्वारा प्रकाशित बिज्ञप्तिमा नगरबासीलाई पीसीआर निशुल्क परीक्षण गर्दै आएको र लुकिछिपी आएका भारतीय
    नागरिकलाई नगरप्रमुखको निर्देशनमा रकम लिन आदेश गरिएको र उक्त रकम अस्पतालको खातामा जाम्मा गरिएको उल्लेख छ ।

    बिज्ञप्तिमा समाचारमा आएकै बिषय वडाको लेटर प्याडमा दोहोरिएपछि स्वास्थ्यकर्मी आचार्यको गलत कार्य झन बलियो गरि प्रमाणित भएको छ । नगरपालिकामा हैसियत नपुगेपछि आफूले भनेको मान्ने वडा अध्यक्ष मार्फत गलत कामको ढाकछोपको प्रयास भएको प्रष्ट छ ।

    मजदुरहरुले दिएको पैसा नगरको खातामा जम्मा भएको उल्लेख भएपनि रकम लिने निर्णय कहि नहुनु, स्वाब संकलनको सरकारी निर्देशन बिपरित जबर्जस्ति पैसा लिनु, पैसा अस्पतालको लेखा वा बिलिङ शाखामा नभएर गेटपालेबाट लिनु, प्रति ब्यक्ती बिल नकाटेर एकमुष्ट काटिनु, २६ हजार चार सय लिएर २६ हजारको मात्र बिल काटिनु, पालेबाट सिद्दै लेखामा नलगेर आचार्य आफैले रकम लिनु, बिलमा अस्पतालको छाप नहुनुले बिषय सार्वजनिक भएपछि मात्र अस्पतालको खातामा आम्दानी बाँधिएको हुन सक्छ ।

    स्वास्थ्यकर्मी आचार्यले यस अघि पनि नगरप्रमुख दिलिपकुमार राईको निर्देशममा पैसा लिएको बताएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…