• अर्जुन जम्नेली राई/रातोकलम

    मोरङ । तीन तलामाथिबाट खसेर उपचाररत घाइते मजदुरलाई मोरङको पथरीशनिश्चरे नगर पालिका स्थित सुनाखरी युवा क्लवले आर्थिक सहयोग प्रदान गरेको छ ।

    पथरी स्थित अनोज श्रेष्ठको घर बनाउने क्रममा गत भदौ ३ गते तीन तला माथिबाट खसेर पथरीशनिश्चरे—१ का ४३ बर्षिय युवराज गुरुङ गम्भीर घाइते भएका थिए । ढाडको मेरु दण्डमा चोट लागेको गुरुङको धरान स्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    मेरुदण्डमा स्टील लगाएको घाइते गुरुङलाई सुनाखरी युवा क्लबको पहलमा एक लाख २१ हजार १९९ रुपैयाँ संकलन गरी शनिबार हस्तान्त्रन गरेका हुन् । सहयोग हस्तान्त्रण गर्न क्लबका अध्यक्ष मिलन राई, सचिव मनि सुब्बा, सल्लाहकार उपेन्द्र सुब्बा, विकास चाम्लिङ लगायत घाइतेको घर पुगेका थिए । सहयोग संकलन गर्ने क्रममा टिकाराम खपाङ्गी, तुलशा लिम्बू, संजिव राई लगायतले प्रदान गरेको नाम र रकम वाचन गरेर सुनाइएको थियो ।

    घाइते युवराज गुरुङ ढुङ्गा, इँटा जोडाइ लगायतको काम गर्ने मिस्त्री हुन् । उनको एक छोरा र छोरी छन् । मजदुरी गरेर परिवार चलाउदै आएको गुरुङ डेढ महिनादेखि अस्पतालमा उपचारपछि घरमा बस्नु पर्दा जिविको पार्जनमा समस्या हुदै आएको उनले बताए । उपचारमा हालसम्म चार लाख बढी खर्च भएको गुरुङले बताए । सोही समस्या बुझेर थोरै भएपनि सहयोग गरेको सुनाखरी युवा क्लवका सचिव मनि सुब्बाले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…