काठमाण्डु, २०७४ माघ २८ गते
नेकपा एमाले अखिलका वर्तमान अध्यक्ष नविना लामा र पूर्व अध्यक्ष रामकुमारी झाँक्री प्रतिनिधिसभा समानुपातिक तर्फका सांसद बनेका छन् ।
एमालेले पाएको समानुपातिक तर्फको मत अनुसार ४१ सांसद कोटा पाएको हो । पार्टीले पाएको सिट संख्यामा समावेशीताको कोटा पूरा गरेर एमालेले निर्वाचन आयोगमा आफ्ना सांसद पठाएको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले ४१ सांसदको अन्तिम सूचि तय गरेको हो ।