लहान मंसिर ११ गते । सिरहाको लहान मा झारफुकको बाहानमा एकजना युवती बलात्कृत भएकी छिन् ।
मिर्चैया नगरपालिका–१० घर भई हाल लहान नगरपालिका –१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनले लहान नगरपालिका - ७ की २३ वर्षीया युवतीलाइ झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
मंगलबार दिउँसो ती युवती झारफुक गराउन गएको बेला मौलानाले बलात्कार गरेको पीडित को आफन्त ले बताएका छ्न। युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई प्रहरी ले पक्राउ गरेको छ।
बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएका छ्न।
पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाइएको छ।
ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ ।
मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यपछि परिवारजन मौलानाको घरमा पुगेर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए । मौलानालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएका छ्न।