लहान । सिरहाको लहान नगरपालिका -१८ शोभापुर मा एक मुस्लिम समुदाय महिलाको मृत्यु शंकास्पद रहेको छ ।
लहान नगरपालिका -१८ शोभापुर का दिल मोहम्मदका श्रीमती २५ वर्षीया इसरत खातुनको मृत्यु शंकास्पद देखिएको छ।
स्थानीयका अनुसार उनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेका थिए ।
घाइते खातुन स्थानीय औषधी पसलमा उपचार गराएका थिए । बिहीबार साँझ उनको मृत्यु भएको छ ।स्थानीयका अनुसार मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखि उपचार गराउन भन्दै अस्पताल पुर्याउँन लगिरहेका थिए । गाउँबाट प्रहरीलाई खबर पुग्यो । प्रहरी अस्पताल पुग्दा महिलाको मृत्यु भइसकेको थियो ।
शवलाई पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ ।
घटनामा अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ । हामी त्यही अनुसार अनुसन्धान बढाएको बताएका छन।डीएसपी थापाले;महिलालाई कुटपिट गर्ने आरोपित एक जनालाई नियन्त्रणमा लिएका छौ, अस्पताल पुर्याउने व्यक्तिले विष सेवन गरेको भनेर कुरा जानकारी गराएको छ ,पोष्टमार्टमपछि सबै कुरा खुल्ने बताएका छ्न।
मृतकका आमाबुबाले कुटपिटबाट छोरीको मृत्यु भएको बताएका छन् ।
मृतकको पति दिल मोहम्मद वैदेशिक रोजगारमा कतार गएका छन् । उनी दुई छोराछोरीसहित एक्लै घरमा बस्दै थिए ।