• १४ मंसिर

    किशोर भण्डारी, दोलखा
    दोलखा जिल्लाको तामाकोशी गाउपालिकामा हिजो भएको भिम बहादुर तामाङ स्मृति सभा तथा चियापान कार्यक्रममा नेकपाका ३ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता आफ्नो पार्टी भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

    तामाकोशी गाउपालिका वडा न ३ जफे काङ्ग्रेसको आयोजनामा भएको सो कार्यक्रममा स्वागत भासण गर्दै नेपाली काङ्ग्रेसका वडा सचिब कुबेर भन्डारीले गाउपालिका सरकारले निश्चित कार्यकर्ता मुखी भन्दा बाहेक कुनै कार्यक्रम गर्न नसकेको भन्दै अबको सरकारको नेतृत्व नेपाली काङ्ग्रेस विकल्प नरहेको बताउनु भयो ।

    कार्यक्रमको अध्यक्षता नेपाली काग्रेसका वडा सभापति राम प्रसाद काफ्लेले गर्नु भएको थियोे । नेपाली काङ्ग्रेस दोलखा नेता देबि न्येपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेशका युवा नेता कुन्दन काफ्ले, नेपाली काग्रेसका गाउपालिकका प्रत्यासी उम्मेद्बार भबेन्द्र कार्की, नेपाली काङ्ग्रेसका नेता उद्द्ब राज काफ्लेल लगायतका नेताहरुले नेकपा पार्टी परित्याग गारी नेपाली काङ्ग्रेस प्रवेश हुने नेकपाका संगठित सदस्य समेत रहेका तथा पुर्ब शिक्षक संगठनका नेता बिष्णु प्रसाद पोखरेल, दलित महिला नेत्री शान्त बिक, युवा संघका नेता दिवस तामाङ लगायतका ३ दर्जन भन्द बढी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै भिम बहादुर तामाङको ९औं स्मृति कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल बिध्यार्थी संघका केन्द्रिय महामन्त्री कुन्दन काफ्लेले भ्रस्टाचार विरुद्ध नेपाली काङ्ग्रेस लडिरहेका बेला तामाकोसी गाउपालिकामा मात्र नभएर समग्र जिल्लामा भएको भ्रस्टाचारको भन्डाफोर गर्ने प्रतिबद्धता जनाउनु भयो ।

    नेता काफ्लेले कार्यक्रममा बोल्दै कुनै पनि किसिमको भ्रस्टाचारलाई जरैदेखि उखेल्न नेपाली काङ्ग्रेस पछि नपर्ने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो स्थानीय तहमा भएको अनियमितताको भन्डाफोर गरि बाहिर ल्याउदा कुनै किसिमको समस्या आइपरे पार्टीले जिम्मेवारी लिने हुँदा अब नेकपालाइ निकट भबिस्यमा दोलखाका नागरिकले छिछी र दुर्दुर गर्ने अवस्था सिर्जना हुने बतउनु भयो ।

    चियापान कार्यक्रममा बिश्वब्यापी फैलिएको कोरोनाको महामारीलाइ मध्यनजर गर्दै स्यानिटाइजर, मास्कको प्रयोग गर्दै सामाजिक दुरि कायम गरि कार्यक्रम समापन भएको कार्यक्रमका अध्यक्ष राम प्रसाद काफ्लेले बताउनु भयो ।



सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…