• रोल्पा-
    रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ अन्तर्गत पर्ने बाहेखोला भन्ने स्थानको नजिकै जिलाखोलामा दुइवटा परिचय नखुलेको शव फेलापरेको छ! सो शव स्थानीय बच्चाहरुले माछा मार्न जाने क्रममा देखेर तुरुन्तै प्रहरीलाई खबर गरेका थिए !

    उक्त शव नचिनिने अवस्थामा रहेको सुनिलस्मृति गाउँपालिका ४ का वडा अध्यक्ष गन्ज बहादुर जानकारी दिए ! वडा अध्यक्ष क्षेत्रीका अनुसार शव भेटिएको खबर पाएपछि इप्रका सुलिचौरका प्र.नि को टोलि सहित हामी उक्त स्थानमा पुग्दा अन्दाजी ४०/४२ बर्षको एकजना पुरुषको शव नचिनिने गरि कुहिएर किरापरेको अवस्थामा भेटियो भने उक्त शवको करिब १० मिटरको दुरिमा अर्को शव पनि भेटिएको हो !

    उक्त शवको पहिचान गर्ने कुनैपनी कागजात भेटिएको छैन ! घटना स्थलमा एउटा मोबाइल भेटिएको छ ,घटनाको आवस्यक अनुसन्धान भैरहेको रोल्पा प्रहरीले जनाएको छ! उक्त शवहरु २०/२५ दिनअगाडीको हुनसक्ने अनुमान गरिएको छ ! सुनिल स्मृति गाउँपालिका लगायतका वडाहरुमा कोहि हराएको भए सुलिचौर प्रहरिलाइ खबर गर्न प्रहरीले अनुरोध गरेको छ !

    उक्त शव एकजनाले कम्ब्याट कलरको ज्याकेट लगायको छ भने अर्कोले रातो कलरको ज्याकेट लगायको छ !

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…