मंसिर १४
पुष्कर खड्का ,रामेछाप
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा ४ को सिमाना किन्जा खोलामा सुमो दुर्घटना भएको छ।
आईतबार बिहान लिखुपिके को किन्जा हुँदै डुंडा यात्रु लिन आउने क्रममा किन्जा खोलामा ना १ ज ५१९८ नम्वरको सुमो दुर्घटना हुँदा चालक घम्भिर घाईते भएका छन । गाडी सडकबाट ७ सय मिटर तल खसेको रामेछापको गोकुलगंगा गाउँपालिका बेतालिबाट सागर घिमिरे बिष्णु जानकारी दिनु भयो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुका सन्दिप लुईटेल रहेका छन । घाईते चालकलाई हेलिकप्टर मार्फत काठमाडौ लानि तयारी भईरहेको सागर घिमिरे बिष्णुले बागमती प्रदेश रातोकलम अनलाइन समचार प्रमुख पुष्कर खड्कालाई जानकारी दिनु भयो ।
 
 
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        