• काठमाडौं   २०७४ माघ २८ गते


      काठमाडौं  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।





    दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले पनि उनलाई साथ दिन सकेनन् र ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए ।११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए तर, आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्का मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए ।

    आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए र रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो ।

    युनाइटेड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो नेपालका सोमपाल कामीले ४ विकेट लिँदा सन्दिप लामिछाने ३ विकेट हात पारे । पारस खड्काले २ विकेट लिए भने करण केसीले प्रतियोगिताकै पहिलो विकेट हात पारे ।

    गर या मरको अवस्थामा रहेको नेपालको यो जितसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ ।तर, लगातार तेस्रो खेल जितेको क्यानडा ६ अंकका साथ शीर्ष स्थानमा छ । उसले आइतबार केन्यामाथि ५९ रनको जित निकालेको छ ।



सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…