•  

    अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका यही साताबाट सुरुहुने ‘टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’लाई राष्ट्रिय टिमका पूर्ब कप्तान सागर थापा लगायतले शुभकामना दिएका छन् ।

    पथरीशनिश्चरे नगरपालिका—१, जाँते मोडमा रहेको पथरी रंगलशामा मंसिर २५ गतेबाट ‘टेन्सबार्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ हुँदैछ ।

    आइतबार अपरान्ह रंगशालामै निस्केर आयोजक टोलीलाई नेपाली फुटबल टिमका पूर्ब कप्तान सागर थापाले फुटबल प्रतियोगिताको लागि शुभकामना दिएका हुन् ।

    रंगशालामा आएका थापाले आफूले पनि पथरी रंगशालामा फुटबल खेलेको प्रसंग उल्लेख गर्दै प्रतियोगिताको शुभकामना दिएका थिए ।

    उनीसँगै राष्ट्रिय खेलाडि योगेश गुरुङ्ग, रुपेश केशी, बिक्रम लिम्बू, सुजल श्रेष्ठ, बिराज महर्जन, अनन्त थापा, रंजित धिमाल लगायतले शुभकामना दिएका छन् । यी खेलाडिहरुले सामाजिक संजालहरु मार्फत समेत शुभकामना दिदै आएको आयोजक समितिका सदस्य दीपक पुलामी मगरले बताए ।

    अधिकांश खेलाडिहरुले परिचयसहित शुभकामना दिने क्रममा पथरी रंगशालामा फुटबल खेलिसकेको बताए । पथरीमा यस अघि दुई वटा गोलकप प्रतियोगिता भएको थियो ।

    राष्ट्रिय खेलाडिहरुले सुबेक्षासहितको शुभकामनाले ‘टेन्सबार्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को माहोलसँगै क्रेज बढ्दै आएको आयोजक समितिका सदस्य भक्त राईले बताए ।

    लिग आयोजक समितिका संयोजक संजिव गिरी, सहसंयोजक बिकी राई, राष्ट्रिय खेलाडिसमेत रहेका दीपक राई लगायतका आयोजक टोली आइतबार रंगशालामा तयारीको क्रममा मैदानमा थिए ।

    नेपाली राष्ट्रिय टिमका पूर्ब कप्तान सागर थापा विराटनगर आउँदा नयाँ खोलाडि र आयोजकलाई उत्साह दिनकै लागि पथरी आएको आयोजक समितिले जनाएको छ ।

    मोरङ जिल्ला फुटबल संघबाट प्रतियोगिता गराउने अनुमति लिएका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले पेय पदार्थ उत्पादक कम्पनी टेन्सबर्गसँग मुख्य प्रायोजकको रुपमा संझौता भएको आयोजक समितिको संयोजक संजिव गिरीले बताए ।

    लिग कम नकआउटको आधारमा हुने फुटबल प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरका आठ वटा टिमले उपाधिको लागि भिड्ने छन् । पहिलो चरणमा हुन लिगमा उच्च नम्बरको आधारमा चार वटा टिमले नकआउट भिड्ने छन् ।

    लिग खेल्ने आठ वटा टिमले १८ जनाको दरले १४४ जना खेलाडिलाई क्लोज क्याम्प (प्रशिक्षण) गराइरहेका छन् । लिगबाट नगरमा रहेका खेलाडिहरुको लागि अवसरको लागि खेलाडि उत्पादन मुख्य लक्ष्य राखिएको आयोजक तथा खेलाडि दीपक राईले बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…